आज संविधान दिवस । २०७२ सालमा जारी भएको यो संविधानप्रति छुट्टाछुट्टै दृष्टिकोण प्रस्तुत हुँदै आएको छ । केहीले यो संविधान विश्वकै उत्कृष्ट संविधान भनेर व्याख्या गर्दै आएका छन् भने केहीले हरेक नेपाली जनताको संविधान बन्न नसकेको टिप्पणी गर्दै आएका छन् । आठौं स्थापना दिवस मनाइरहँदा यो दिवसका दिन खुशीयाली मनाउने र बिरोध गर्ने क्रम रोकिन सकेको छैन् । बिरोध गर्ने केहि राजनीतिक दल मौन भने बस्न थालेको छ । केहि राजनीतिक दल अहिले पनि बिरोध प्रदर्शन नै गरिरहेका छन् ।
संविधान देशको मूल कानुन हो । यसैको आधारमा बिभिन्न ऐन, नियमावली बन्ने गरिन्छ । त्यसका साथै जनताले हरेक अधिकार यसैको आधारमा पाउने हो । हुन त संविधान जारी गर्ने दिन २०७२ साल असोज ३ गते पनि राज्यको बन्दुकले जनताको रगत बगायो । त्यसअघि तराई÷मधेशका जिल्लामा महिनौंसम्म आन्दोलन चल्यो । त्यो आन्दोलनका क्रममा धेरै जनाले ज्यान गुमाए । संविधान जारी भएपछि आन्दोलन गर्नेहरु त्यसैलाई मानेर निर्वाचनमा सहभागी भए । पछि सरकारमा पनि सहभागी भए र अहिले पनि सहभागी नै छन् । ज्यान त जनताको गयो । यसले संविधानमा त्रुटी कहलिनुभन्दा पनि सत्ताका लागि मरिहत्ते गर्नु पुष्टि भइसकेको अवस्था छ ।
अब गठबन्धनको कुरा गरौं । अहिले सत्ताको गठबन्धन छ । तर, संविधानमा त्रुटी नै छ भने संशोधनको मुद्दा गठबन्धनभित्र गौण छ । आन्दोलनकारी सत्तामा लिप्त रहनु र सत्ताबाट केहि दिनका लागि मात्रै बाहिर आउँदा संविधान जनताको पक्षमा छैन भन्नु जनतालाई गुमराहमा पार्ने खेलबाहेक केहि पनि होइन् । यसर्थ गलत छ भने सधैं गलत भन्ने बानी बसालौं, राम्रो छ भने राम्रो नै भनौं । दुई ढुँगामा खुट्टा राखेपछि कोहि पनि अगाडि बढेको इतिहास छैन् । यसतर्फ गम्भीर बन्ने कि ?