![]()
राजविराज । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) को निर्वाचनका लागि महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले निर्वाचन समिति गठन गरेको छ ।
क्याम्पसका शिक्षण सहायक नन्दकिशोर यादव निर्वाचन अधिकृत रहने गरी समिति गठन गरिएका हो ।
समितिका सदस्यमा उप प्राध्यापकद्वय बुलबुल चौधरी र उमाशंकर देव, सहायक क्याम्पस प्रमुख उमेश कुमार यादव, परीक्षा शाखा प्रमुख चन्देश्वर प्रसाद यादव, लेखा शाखा प्रमुख विवेकानन्द मिश्र, प्रशासन प्रमुख रबीन्द्र झा, सामान्य प्रशासन शाखा प्रमुख शैलेश कुमार झालाई राखिएको छ ।
समितिका सदस्य सचिवमा कर्मचारी प्रमुख उमेश कुमार यादवलाई राखिएको छ ।












