ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान


राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

Loading

राजविराज । राजविराज नगरपालिकामा देखिएको विवाद सोमबार समेत समाधान हुन सकेन् ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार दिनभर नगरपालिकामा देखिएको विवाद समाधान गर्न बैठक बसेको थियो । नगरपालिकाका निलम्बित मेयर भीमराज यादवले श्रवण साह तथा कावा मेयर इसरत परबिनले भोगेन्द्र यादवबाट काम गराउने अडान बैठकको शुरुवातमा लिइरहँदा यो दुबैलाई छाडी अर्काेलाई ल्याइनेमा लगभग सहमति भएपनि निष्कर्षमा पुग्न सकेन् ।
बैठक चलिरहँदा यादवले श्रवण साहलाई नमाने भोगेन्द्रलाई पनि नमान्ने बरु अर्काेलाई बोलाउँदा मान्य हुने प्रस्ताव राखेका थिए ।
पछि कावा मेयर परबिनले पनि यसमा सहमति रहेको भन्दै तत्काल ताला खोल्नुपर्ने बताएकी थिइन । तर यादवले कार्यपालिकाको बैठकबाट भोगेन्द्रलाई फिर्ता गरी अन्यलाई बोलाउने निर्णय नगरेसम्म ताला नखोल्ने अडान लिएपछि तत्काल सहमति हुन सकेन ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले नगरपालिकामा देखिएको समस्या समाधान गर्ने उद्देश्यले बैठकको आयोजना गरेपनि दुई पक्षको अडानको कारण निष्कर्षमा पुग्न नसकेको बताए ।
नगरपालिकामा देखिएका समस्यालाई जिल्ला प्रशासन कार्यालयबाट सक्नेजति समाधान गर्ने, प्रमुख प्रशासकीय अधिकृतको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गर्ने र तत्काल ताला खोलेर सेवाग्राहीलाई सेवा दिने विषयमा आफूले आग्रह गरेपनि यादव पक्षले तत्काल निर्णय नगरेसम्म नमान्ने बताएको दाहालले बताए ।
यादवले मंगलबार बिहान परबिनले कार्यपालिका बैठक बोलाउने बताएकाले सोही बैठकले अर्काे प्रमुख प्रशासकीय अधिकृतलाई ल्याउने निर्णय गरेपछि समस्याको समाधान हुने बताए ।
परबिनले सेवाग्राहीको काम रोक्न नमिल्ने भन्दै तत्काल ताला खोलेर बिहानै बैठक बस्न आग्रह गरेपनि नमानेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत श्रवण साहले काम नगरेको भन्दै कावा मेयर परबिनले शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई आर्थिक र प्रशासनिक काम गराउने भन्दै मन्त्रालयबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएकी छन् ।
यो जानकारी पाए लगतै यादवले आइतबार राजविराजमा प्रदर्शन गर्दै नगरपालिकाको कार्यालयमा ताला लगाएका छन् । ताला लगाएर रिले अनसन शुरु गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
1
+1
1
+1
0
+1
0

Related

Previous Post

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

Next Post

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

हातपात गर्नेलाई कार्वाही नगरिए राजविराजका कर्मचारी काममा नफर्किने

हातपात गर्नेलाई कार्वाही नगरिए राजविराजका कर्मचारी काममा नफर्किने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.