ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड


लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

Loading

राजविराज । निलम्बित मेयर भीमराज यादवले लगाएको ताला कावा मेयर इसरत परबिन नेतृत्वको जनप्रतिनिधीले तोडेपछि झडप भएको छ ।

गत आईतबार यादवले लगाएको ताला मंगलबार बिहान परबिन नेतृत्वको टोलीले तोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई हाजिर गराएका छन् ।

ताला तोडिए लगत्तै यादवकै नेतृत्वमा उनका समर्थकहरुले नगरपालिका कार्यालयमा नाराबाजी गर्दै तोड्फोड गरेका छन् । कार्यालय भवनको अधिकांस सिसा उनीहरुले फुटाएका छन् । यस्तै, बारुण यन्त्रका कर्मचारी बस्ने भवनका समेत सम्पूर्ण सिसा उनीहरुले फुटाएका छन् ।

ती समूहले नगरपालिकाका लेखापाल शत्रुद्यन लाल दासलाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका दासको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

ती समूहले नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सन्तोष दासलाई समेत हातपात गरेका छन् भने फोटो खिंचिरहेका तीन जना सर्वसाधारणको मोवाइल खोसेर फुटाइदिएका छन् ।

प्रहरीको उपस्थितिमै उनीहरुले व्याप्क तोडफोड गरेका हुन् । तोड्फोडबाट लाखौंको क्षति भएको छ ।

कावा मेयर इसरत परबिनसहितका जनप्रतिनिधी प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिरी गराउन कार्यालयको माथिल्लो तल्लामा गएपछि तल भीमराजका समर्थकले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवाको बिषयलाई लिएर नगरपालिकाका निलम्बित मेयर भीमराज यादवले आईतबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि यादवले प्रदर्शन गर्दै तालाबन्दी नै गरेका थिए ।

यो बिषयमा सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल हुँदा समेत निष्कर्षमा पुग्न सकेको थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

Next Post

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

हातपात गर्नेलाई कार्वाही नगरिए राजविराजका कर्मचारी काममा नफर्किने

हातपात गर्नेलाई कार्वाही नगरिए राजविराजका कर्मचारी काममा नफर्किने

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कन्टेनरको ठक्करले मोटरसाइकल चालकको मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.