![]()
राजविराज । ४४औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, सप्तरीद्वारा वृक्षारोपण गरिएको छ ।
दिवसको अवसर पारेर पार्टीले बुधबार राजविराज २ स्थित राजदेवी ठाकोदेवी जोगेन्द्र भगत मावि प्राङ्गण तथा पछाडि वृक्षारोपण गरेको हो ।
विभिन्न फलफुलका बिरुवा त्यस अवसरमा रोपिएको पार्टीका जिल्ला सभापति रामदेव साहले जानकारी दिए । उनका अनुसार आँप, अम्बा, जामुन, लिचीसहितका बिरुवा रोपिएको हो ।
पार्टीका जिल्ला सभापति साहको अध्यक्षता तथा पार्टीका केन्द्रीय पर्यवेक्षक रामपल्टन साहको प्रमुख आतिथ्यमा आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला उप सभापति रामकुमार यादव, नेताहरु बद्रीनारायण महात्मान, नन्दकिशोर यादव, शैलेश चौधरी, क्षेत्र नम्बर २ का सभापति महानन्द यादवसहितको सहभागिता थियो ।












