![]()
राजविराज । व्यक्तिगत रिसइबीका कारण रड प्रहार गरी घाइते बनाउने एक व्यक्ति राजविराजबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ९ बस्ने फौजदार सदा छन् ।
बुधबार मध्यान्ह १२ः३० बजेको समयमा राजविराज नगरपालिका ९ स्थित रुपनी सडक खण्डमा एक व्यक्तिलाई रड प्रहार गरी घाइते बनाएको पाइएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार सदाले बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बस्ने ३५ बर्षीय जागेश्वर मण्डललाई रड प्रहार गरी घाइते बनाएका हुन् ।
घाइते भएका मण्डललाई उपचारका लागि गजेन्द्रनाराययण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।
रड प्रहार गर्ने सदालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।












