![]()
राजविराज । सप्तरीमा पनि कफ्र्यु आदेश जारी भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा अहिले राति १० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार राति १० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर, उत्तरमा नेङडा चोक र दक्षिणमा मानराजा चोकसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
सुनसरीको कप्तानगंज घट्नालाई लिएर बोदे बर्साइन बजारमा प्रदर्शन हुँदै आएको छ । बिहीबार सिरहामा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रदर्शन तिब्र बनेको थियो ।











