![]()
राजविराज । मञ्जुरी बिना विवाह गराइदिएको भन्दै सप्तरीबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका वडा नम्बर ९ बस्ने २४ बर्षीय मनोज ठाकुर छन् । फरार रहेका ठाकुरलाई सुरुङ्गा नगरपालिका ९ बाट फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
२०८२ साल साउन ३१ गते बेलुका अन्दाजी ५ः३० बजेको समयमा सुरुङ्गा नगरपालिका वडा नम्भ्बर ९ स्थित केशव स्मारक जनता मावि प्राङणमा सरस्वती मन्दिरमा नागेन्द्र यादवको इच्छा तथा मञ्जुरी बिना सोही नगरपालिकाको वडा नम्बर १० बस्ने २२ बर्षीया प्रियंका कुमारी यादवसँग जर्वजस्ती विवाह गराइदिएको प्रहरीको भनाई छ ।
उक्त घट्नापछि नागेन्द्र यादवले दिएको जाहेरीको आधारमा ठाकुरलाई पक्राउ गरिएको हो । ठाकुरलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिएका छन् ।









