ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी माओवादीले टुँगो लगायो उम्मेदवारको नाम, इन्चार्जसहित दुई नेता प्रतिनिधी र प्रदेश सभामा पनि सिफारिस


Loading

सप्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्र सप्तरीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुँगो लगाएको छ । जिल्ला इन्चार्ज अशोक कुमार मण्डल ‘अमर’ र नेता सुर्यनाथ यादव ‘सुभाष’ प्रतिनिधी र प्रदेश सभामा पनि सिफारिस भएका छन् ।

क्षेत्र नम्वर २ को प्रतिनिधि सभा र प्रदेश सभा २ को (क) बाहेक सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुँगो लगाउँदै नाम सिफारिश गरेको हो ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा अशोक कुमार मण्डल (अमर) र सुर्यनाथ यादव (सुभाष)को नाम सिफारिस गरेको छ भने, प्रदेश सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा क्षेत्र नम्वर १ को (क) बाट शम्भु खड्का र सत्य नारायण चौधरीको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्वर १ को (ख) बाट प्रदेश सभा सदस्यको लागि अशोक कुमार मण्डल (अमर) र सुर्यनाथ यादव (सुभाष)को नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचनको लागि महेश प्रसाद यादव र उमेश कुमार यादवको नाम सिफारिस गरेको छ । उमेश कुमार यादव २०७० को निर्वाचनमा सप्तरी क्षेत्र नम्वर २ बाट निर्वाचित भई सिचाई मन्त्री समेत भई सकेका व्यक्ति हुन् ।
यसैगरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि शेर सिंह र कर्मलाल यादवको नाम सिफारिस गरिएको छ भने, प्रदेश सभा क्षेत्र नम्वर ३ को (क) बाट अरुण कुमार साह र श्याम नारायण चौधरीको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्वर ३ कै (ख) बाट ऋषि यादव र कलाम खाँको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्वाचनको लागि कर्मलाल चौधरीको एकल नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्वर ४ को (क) बाट प्रदेश सभा सदस्यका लागि रुबी कुमारी कर्णको एकल नाम सिफारिस गरिएको छ । कर्ण मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका बहालबाला राज्य मन्त्री हुन् । त्यस्तै क्षेत्र नम्वर ४ कै (ख) बाट प्रदेश सदस्यका लागि सुर्या यादव र किरण यादवको नाम सिरफारि गरिएको सप्तरी जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य अशोक कुमार मण्डल (अमर)ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

Next Post

अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुन्छ : भूमीसुधार मन्त्री श्रेष्ठ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुन्छ : भूमीसुधार मन्त्री श्रेष्ठ

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

सप्तरीस्थित दशगजामा पुरूषकाे शव फेला

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुकुरलाई बचाउँदा दुर्घटना : पत्नीको मृत्यु, पति सकुशल

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

जसपाका खाँ एमालेमा प्रवेश

जसपाका खाँ एमालेमा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.