![]()
राजविराज । सप्तरीका एक युवक लागूऔषधसहित काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडिबुटीबाट उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ललितपुरको इमाडोल बस्दै आएका सप्तरीको खडक नगरपालिका वडा नम्बर १ का गौतम चौधरी छन् ।
गौतमसँगै अर्का एक जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ६ ग्राम ७४० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीको भनाई छ ।
यस सम्बन्धमा अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






