ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, October 26, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बर्तमान सरकार जनताका समस्याप्रति गम्भीर बन्न सकेन : महामन्त्री संग्रौला


बर्तमान सरकार जनताका समस्याप्रति गम्भीर बन्न सकेन : महामन्त्री संग्रौला

Loading

राजविराज । नेपाली कांग्रेसकी केन्द्रीय महामन्त्री डिला संग्रौलाले बर्तमान सरकार जनताका समस्याप्रति गम्भीर बन्न नसकेको आरोप लगाएकी छन् ।

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २, प्रदेश क्षेत्र २ ख र राजविराज नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई आईतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनताले सरकारको अनुभूति गर्न नसकेको बताउँदै उनले देश र मधेशका समस्याप्रति सरकारको ध्यान नगएको बताइन् ।

सरकार मधेशका किसानको समस्यालाई बुझन नसकेको र आफ्‌नै पारामा हिंडिरहेको उनले बताइन् । जनताले गरेको अपेक्षाप्रति सरकारको ध्यान जान नसकेको उनको भनाई छ ।

सरकार जनताभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रीत रहेको बताउँदै उनले भनिन्, ‘सामाजिक सञ्जालमा लाइक र कमेन्ट गरेर मात्रै देश र मधेशको विकास हुन सक्दैन् ।

उनले सरकार स्टन्टमा बढी केन्द्रीत भएको समेत बताइन् । लाइक र कमेन्टमा मस्त रहँदै स्टन्ट देखाएर देश बन्न नसक्ने उनको भनाई छ ।

‘मधेशीको छोरो अबको प्रधानमन्त्री’ भन्ने नारा लागेपछि बालेन्द्र शाह प्रधानमन्त्री बनेको बताउँदै उनले भनिन्, ‘उहाँ प्रधानमन्त्री बनिसकेपछि पनि देश र मधेशको अवस्थामा सुधार आउन सकेन । जनअपेक्षा पूरा हुन सकेन ।’

सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँदै उनले जनताका वास्तविक समस्या पहिचान गरी समाधानमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु दिनेश कुमार यादव, जितेन्द्रनारायण देव, इर्साद अन्सारी, गीता यादव, शैलेश मिश्र, अशोका साह, सप्तरीको सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरी, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरुले आगामी दिनमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन सबैलाई आग्रह गरे ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति शम्भुलाल देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजविराज नगरपालिकाका सभापति सब्बिर आजमले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

देब जातीको इतिहास लिपिबद्ध गरिने

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

बर्तमान सरकार जनताका समस्याप्रति गम्भीर बन्न सकेन : महामन्त्री संग्रौला

बर्तमान सरकार जनताका समस्याप्रति गम्भीर बन्न सकेन : महामन्त्री संग्रौला

देब जातीको इतिहास लिपिबद्ध गरिने

देब जातीको इतिहास लिपिबद्ध गरिने

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.