![]()
राजविराज । नेपाली हिन्दूहरु हर्षोल्लासपूर्वक दशैं मनाउँदैछन् । दशैं अन्तर्गत आज महाअष्टमी । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी र ज्येष्ठ नागरिकलाई दशैं आएको आभाष भएको छैन् । कारण उनीहरुले दशैंमा पनि तलव र भत्ता पाउन सकेका छैनन् ।
गाउँपालिकाका सम्पूर्ण कर्मचारीले साउनदेखिकै तलव पाएका छैनन् । समयमा सभा हुन नसक्दा कर्मचारीले तलव पाउन नसकेका हुन् ।
सभा नहुँदा ज्येष्ठ नागरिक, एकल महिलासहितकाले सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् ।
शुरुमै सभा गरेको भनिएपनि जनप्रतिनिधीबीच बजेट तथा योजना बाँडफाँडमा कुरा नमिल्दा सभाले औपचारिकता पूरा गर्न नसकेको एक कर्मचारीले बताए ।








