![]()
राजविराज । सप्तरीका एक युवक लागूऔषध गाँजासहित उदयपुरबाट समातिएका छन् ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ५ सुपाडे देउरालीबाट ती युवक समातिएका हुन् ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नम्बर ८ ओद्राहा बस्ने २८ वर्षीय पशुपति रजक रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट १५९ किलो ४ सय ग्राम लागूऔषध गाँजा बरामद भएको छ ।
उदयपुरको रामपुरबाट सप्तरीको फत्तेपुरतर्फ आउँदै गरेको प्र.१–०२–००२ च ५२९० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाडी पशुपतिले चलाइरहेका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
यस विषयमा अन्य अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ ।







