ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, September 30, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर


रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

Loading

राजविराज ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अंकिता ठाकुरले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक, सर्वसमावेशी र दिर्घकालिन रुपमा बलियो बनाउनुपर्ने बताएकी छन् ।

प्रतिनिधी सभामा मंगलबार विधेयक उपरको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले विधेयकको दफा १९ को उपदफा ३ को खण्ड क मा रहेका केही प्रावधानहरुमा थप सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् ।

‘विद्यमान दफा १९ को उपदफा ३ क मा कुलपति वा सो सरहको पदका लागि चिकित्सा शिक्षामा स्नातक गरी कम्तीमा पाँच बर्ष प्रध्यापक पदमा काम गरेको हुनुपर्ने संकुचित प्रावधान छ’ उनले भनिन्, ‘यो व्यवस्था अन्य विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तुलनामा संकुचित छ ।’

मधेश प्रदेशको विद्यमान यथार्थलाई हेर्दा प्राध्यापक तथा वरिष्ठ चिकित्सकहरुको संख्या एकदमै सिमित रहेको र यसका संकुचित मापदण्ड कायम राख्दा योग्य व्यक्ति नपाएर उपकुलपतिसहिकता महत्वपूर्ण पद रिक्त रहने र प्रतिष्ठानको सञ्चालन नै प्रभावित हुने गम्भीर जोखिम रहेको सांसद ठाकुरले बताइन् ।

‘त्यसैले मान्यता प्राप्त विश्वविद्यालय र शिक्षण संस्थाबाट चिकित्सा शास्त्रमा कम्तीमा स्नातकोत्तर तहको उपाधि पाएका र कुनै पनि स्वास्थ्य संस्थान, प्रतिष्ठान, विश्वविद्यालय वा अस्पताल, स्वास्थ्य सम्बन्धी प्राज्ञिक संस्थामा कम्तीमा १० वर्षको अनुभव हासिल गरेका तथा प्राध्यापक पदमा कार्य गरेका वा स्वास्थ्य सेवाको १० औं तह वा सोभन्दा माथिको पदमा कार्य गरेका र कम्तीमा ५ वर्षको प्राध्यापन अनुभव भएका दक्ष चिकित्सकलाई पनि समेटने गरी दायरा फराकिलो बनाउनुपर्छ’ उनले भनिन् ।

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा १० औं तहका मेसु बस्ने गरेको र ११औं तहको जानै नमानिरहेको उल्लेख गर्दै उनले यदी रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यस्तै व्यवस्था गरेमा पदहरु खाली रहने बताइन् ।

उनले अगाडि भनिन्, ‘यदी हामीले स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पताल र प्राज्ञिक क्षेत्रका अनुभव हासिल गरेका थप योग्य व्यक्तिहरुलाई अवसर दियौं भने रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पारदर्शी दिर्घकालिन रुपमा बलियो बनाउन ठूलो मद्दत पुग्छ ।’

धेरै वर्षदेखि रोकिएर बसेका रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक २०८३ ल्याउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जुन पहल गरेको छ त्यसका लागि मन्त्रालय र नेपाल सरकारलाई विशेष धन्यवाद दिदैं उनले यस प्रतिष्ठानको निर्माण र ऐनको निर्माणले समग्र सप्तरी मात्र नभई मधेश प्रदेशमै स्वास्थ्य र चिकित्सा क्षेत्रमा ऐतिहमासिक क्रान्ति ल्याउने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौंबाट सप्तरीका चार युवक लागूऔषधसहित समातिए

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत, निर्वाचन नहुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.