![]()
राजविराज । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा मैथिली भाषामा समेत कमेन्ट्री हुने भएको छ ।
एनपिएलको प्रत्यक्ष प्रसारण अधिकार पाएको हिमालय स्पोट्र्सले पहिलो पटक मैथिली भाषामा समेत कमेन्ट्री दिने भएको हो ।
नेपालमा नेपालीपछि दोस्रो धेरै बोलिने मातृभाषा मैथिली नै हो ।
मैथिली भाषामा कमेन्ट्रका लागि हिमालय स्पोट्र्सले मैथिली कमेन्टेटरका लागि आवेदन आह्वान गरेको छ ।
छिमेकी देश भारतले आइपिएलको आयोजना गर्दा विभिन्न भाषामा कमेन्ट्री दिदैं आएको छ ।
नेपालमा पनि अब एनपिएलले नेपालीपछि धेरै बोलिने मैथिली भाषामा कमेन्ट्री दिने बताएपछि यसको सकारात्मक सन्देश जाने विश्वास गरिएको छ ।







