ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, October 3, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

Loading

राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव गरेको छ ।

अस्पतालको प्रशासनिक शुद्धता र जनउत्तरदायित्व सुनिश्चित गर्न अस्पतालले यो समिति गठन हुनुपर्ने प्रस्ताव गर्दै स्वास्थ्य तथा स्वच्छता मन्त्रालयमा पठाएको छ ।

मात्र अस्पताल प्रमुख तथा प्रशासनको तर्फबाट मत्र म्याद थप हुँदा प्रकृयागत पारदर्शितामा प्रश्न उठने तथा विवाद बढने देखिएकाले यो समिति प्रस्ताव गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले बताए ।

बिहीबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. झाले उक्त जानकारी गराए । अस्पतालमा कर्मचारीको व्यवस्थापन निष्पक्ष, पारदर्शी, मितव्ययी र पूर्ण रुपमा कानुन सम्मत बनाउन तथा अनावश्यक दबाव एवं आर्थिक अनियमिततालाई रोक्न यो प्रस्ताव गरिएको उनको भनाई छ ।

समितिका संयोजकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अथवा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमु्‌ख जिल्ला अधिकारीलाई तोकिएको छ ।

समितिका सदस्यहरुमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकील कार्यालय, स्थानीय टोल विकास संस्था या नागरिक समाजका प्रतिनिधी, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति, जिल्ला स्वास्थ्य कार्यलयलाई राख्ने प्रस्ताव गरिएको छ ।

समितिको सदस्य सचिवमा मेसु डा. झा तथा आमन्त्रित सदस्यमा नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलका प्रतिनिधीलाई समेत राख्ने प्रस्ताव गरिएको छ ।

यमे समिति बनाउन मन्त्रालयसँग स्वीकृति माग गरिएको र मन्त्रालयले स्वीकृति दिनेवित्तिकै समिति मार्फत नै कर्मचारी नियुक्त गरिने डा. झाले बताए ।

पुराना कर्मचारीलाई तत्काल काम गर्न दिइने

अस्पताल प्रशासनको हालै बसेको बैठकले यसअघि अस्पतालमा कार्यरत करार कर्मचारीलाई तत्काल काम गर्न दिने निर्णय गरेको छ ।

चालू आ.ब. २०८३/८४ को साउन महिनादेखि नै उनीहरुको म्याद थपको निवेदन पेश भईसकेको र नजिकिदैं गरेको दशैं तिहारको मुखमा कार्यरत कर्मचारीलाई यस आर्थिक वर्षको असोज मसान्तसम्मको कार्यलाई स्वीकृति प्रदान गरी म्याद थपको लागि अनुरोध गरिएको छ । असोज महिनापछिको म्याद थपको विषय छानबिन समितिको निर्णयको आधारमा हुने डा. झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

Next Post

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौंबाट सप्तरीका चार युवक लागूऔषधसहित समातिए

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.