ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 2, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप


सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

Loading

राजविराज । सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप लागेको छ ।

एकाईका पूर्व अध्यक्ष एवं सदस्यहरुले आज पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।

एकाईका अध्यक्ष एवं पदाधिकारीले लेखापढी व्यवसायीको प्रमाण पत्र लिन चाहने परीक्षार्थीहरुले बुझाएको रकममा अनियमितता गरेको उनीहरुको भनाई छ ।

एक हजार ८० जना परीक्षार्थीले आवेदन दिएकोमा ६७० जनाको मात्रै देखाई अन्य शुल्कको हिसाब नदेखाइएको पूर्व अध्यक्ष रामप्रसाद चौधरीले बताए । ‘प्रति परीक्षार्थी रु ५ हजारका दरले लिइएको रहेछ’ उनले भने, ‘बैंक मौज्दातमा ४१० जनाको रकम कतै दाखिला गरेको पाइएको छैन् ।’

यो हिसाबले २० लाख अनियमितता एकाईका अध्यक्ष एवं पदाधिकारीले गरेको देखिएको पत्रकार सम्मेलनमा उनीहरुको दाबी थियो ।

यस्तै, जेनजी आन्दोलनका क्रममा बारको कार्यालयमा कुनै क्षति नभएपनि अध्यक्ष, सचिव र कोषाध्यक्षले त्यसैलाई बहाना बनाएर ल्यापटप लगेको जानकारी दिइयो ।

साधारण सभाबाट गत जेठ २९ गते पूर्व अध्यक्ष अधिबक्ता रामकुमार यादवको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले कोषाध्यक्षको प्रतिवेदन उपर जाँच गर्दा व्यापक अनयिमतता देखिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ । ‘यसपछि कागजात, बैंक स्टेटमेन्ट माग गरेपछि पदाधिकारीले आनाकानी गर्दा संयोजक पदबाट यादवले राजीनामा नै दिए’ विज्ञप्तीमा उल्लेख छ ।

यसपछि अर्का पूर्व अध्यक्ष रामप्रसाद यादवको संयोजकत्वमा गठन भएको अर्को छानबिन समितिले कोषाध्यक्षले फर्जी बिल भर्पाई बनाएको, अधिकांस बिलका भुक्तानीहरु बैंक स्टेटमेन्टसँग मेल नखाएको, लाखौं लाखमा खरीद गरेको सामानको भ्याट बिल नभएको, आम्दानी खर्चमा एकरुपता नदेखिएको र मनोमानी बिना निर्णयको खर्च गरेको देखिएको विज्ञप्तीमा उल्लेख छ ।

बनेका छानबिन समितिहरुलाई कागजात उपलब्ध नगराएको, गत असार ५ गते निवेदन मार्फत् सूचना माग्दा पनि नदिएको उनीहरुको भनाई छ । सूचना नदिँदा असार १७ गते बारको कार्यालयमा तालाबन्दी समेत गरेका थियौं’ विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण कागजातको प्रमाणित नक्कल दिन्छु भनेर सहमति गरेपनि दिइएको छैन् ।’

बारका अध्यक्ष कामेश्वर यादव, सचिव रामएकबाल मण्डल, कोषाध्यक्ष निलम कुमारी यादवले गरेको अनियमितता सम्बन्धमा आवाज उठाउँदा षडयन्त्रपूर्वक पूर्व अध्यक्ष रामप्रसाद चौधरी, पूर्व कोषाध्यक्ष शिबनाथ साह, अध्यक्षका प्रत्यासी उपेन्द्र यादवलाई सदस्यता खारेज गर्ने धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आर्थिक अनियमितताबारे नेपाल बारलाई समेत जानकारी गराइएपनि ध्यान नदिएको उनीहरुको गुनासो छ ।

गत भदौ १६ गते ३२ जना सदस्य हस्ताक्षर गरी अध्यक्षसहितका पदाधिकारीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उपाध्यक्ष मिस्टर चौधरीलाई निवेदन दिँदा पनि उपाध्यक्ष चौधरीले पत्र गोजीमै राखेको उनीहरुको भनाई छ ।

सप्तरी जिल्ला बारमा भएको अनियमितताको अबिलम्ब छानबिन गरी दोषीमाथि कार्वाही गर्न उनीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौंबाट सप्तरीका चार युवक लागूऔषधसहित समातिए

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.