![]()
राजविराज । काठमाडौं उपत्यका विभिन्न स्थानबाट सप्तरीका चार जना युवक लागूऔषधसहित समातिएका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले सप्तरीका चार जनासहित आठ जनालाई लागूऔषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सप्तरी बलान बिहुल गाउँपालिका–१ घर भएका २० वर्षीय निकेश यादव, सुरूङ्गा गाउँपालिका–६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, राजविराज नगरपालिका–८ घर भएका २७ वर्षीय चन्दन यादव, छिन्नमस्ता गाउँपालिका–३ घर भएका २५ वर्षीय विक्रम कुमार शर्मा छन् ।
यस्तै, सिराहा लहान नगरपालिका–१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका–५ घर भएका ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका–१ घर भएका ३७ वर्षीय पवन दास समेत पक्राउ परेका छन् ।
उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान बरामद भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।






