![]()
राजविराज । सप्तरीकी एक मानसिक अवस्था बिग्रिएकी एक युवतीलाई बेपत्ता पारिएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ महादेबपट्टीकी २० वर्षीया युवतीलाई बेपत्ता पारिएको हो । युवतीको मानसिक अवस्था ठीक छैन् ।
परिवारजनका अनुसार सोही ठाउँका ३५ वर्षीय महम्मद सागीर सेखले बेपत्ता बनाएका छन् । गत ११ कात्तिकमा शेखले उनलाई सिटी चढाएर लगेको र अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको परिवारको भनाई छ ।
विवाहित र सन्तानका पिता समेत रहेका शेखले गलत मनसाय राखेर छोरीलाई बेपत्ता बनाएको युवतीका पिताको भनाई छ ।
उनले छोरीको खोजी गरिदिन स्थानीय प्रशासन, प्रहरी, संचारकर्मी सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
उनले छोरीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी समेत दिएको बताए । उजुरी दिएपनि प्रहरीले ध्यान नदिएको उनको भनाई छ ।
यस सम्बन्धी उजुरी आएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन रायमाझीले बताए । घटनालाई गम्भीर रुपमा लिएको बताउँदै डीएसपी रायमाझीले युवती भएको लोकेशन ट्रयाक गर्दै प्रहरी अनुसन्धान तीब्र पारिएको बताए ।
(तस्वीर सांकेतिक)







