ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, November 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग


चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

Loading

राजविराज । नेपालका सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुले नेपालमा प्रदर्शन हुन गइरहेको बहुप्रतीक्षित हिन्दी चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् ।

चलचित्र ‘रामायण’ ४ के प्रोजेक्टर वा २ के जस्ता विशेष प्राविधिक सुविधा भएका सिनेमा हलहरूमा मात्र प्रदर्शन गर्न पाउने, तर सामान्य प्रोजेक्टर भएका सिंगल स्क्रिन सिनेमा हलहरूमा प्रदर्शन गर्न नपाउने अवस्थाप्रति आफूहरुलाई चिन्तित बनाएको उनीहरुले बताएका छन् ।

‘वर्षौंदेखि नेपाली चलचित्र उद्योगको विकास, स्थानीय दर्शकको मनोरञ्जन तथा चलचित्र व्यवसायको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका सिंगल स्क्रिन सिनेमा हलहरूलाई यसरी अवसरबाट वञ्चित गरिनु न्यायोचित देखिँदैन’ विज्ञप्ती जारी गरेर उनीहरुले भनेका छन्, ‘यदि चलचित्र प्रदर्शनका लागि निश्चित प्राविधिक मापदण्ड आवश्यक हो भने त्यसको स्पष्ट, पारदर्शी र समान रूपमा लागू हुने व्यवस्था गरिनुपर्छ । प्रविधिको नाममा साना तथा क्षेत्रीय सिनेमा हलहरूलाई व्यावसायिक अवसरबाट वञ्चित गरिनु हुँदैन ।’

प्राविधिक रूपमा योग्य सिंगल स्क्रिन सिनेमा हलहरूलाई पनि ‘रामायण’ चलचित्र प्रदर्शनको समान अवसर प्रदान गर्नुपर्ने, चलचित्र प्रदर्शनसम्बन्धी प्राविधिक मापदण्ड स्पष्ट र पारदर्शी बनाउनुपर्ने, साना तथा क्षेत्रीय सिनेमा हलहरूको व्यावसायिक अधिकार र अस्तित्व संरक्षण गर्नुपर्ने, चलचित्र प्रदर्शनसम्बन्धी निर्णय गर्दा ठूला मल्टिप्लेक्ससँगै सिंगल स्क्रिन हलहरूको अवस्था र दर्शकको पहुँचलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

विज्ञप्तीमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड तथा सम्बन्धित चलचित्र नियामक निकायको यसबारे गम्भीर ध्यानाकर्षण गराइएको छ ।

‘सिंगल स्क्रिन सिनेमा हलको संरक्षण भनेको चलचित्र व्यवसाय, स्थानीय रोजगारी र आम दर्शकको पहुँचको संरक्षण पनि हो’ विज्ञप्तीमा भनिएको छ, ‘अतः नेपाल सरकार तथा सम्बन्धित निकायले यस विषयमा तत्काल आवश्यक पहल गरी न्यायोचित निर्णय लिनुहुन हार्दिक आग्रह गर्दछौँ ।’

शिबकशंकर चलचित्र मन्दिर राजविराज, म्याङो प्लेजर प्रालि खैरहनी चितवन, गोलबजार सिनेप्लेक्स सेन्टर प्रालि सिरहा, त्रिमुर्ती सिनेमा प्रालि वीरगञ्ज, फन मुभिज गजुरी धादिङसहितका सञ्चालकले संयुक्त विज्ञप्ती मार्फत् यस्तो माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

Next Post

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीका युवक लागूऔषधसहित जडिबुटीबाट पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.