ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, October 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

Loading

राजविराज । हामी आ–आफ्‌ना सन्तानलाई सानैदेखि मोवाइलको लत लगाइरहेका हुन्छौं । तर ती मोवाइलले कतिको फाइदा गराइरहेको छ ? भन्ने कुराको आँकलन हामीले गर्न सकेका हुँदैनौं ।
आफ्‌नो जिम्मेवारीबाट पन्छिन हामी आफ्‌ना कलिला सन्तानलाई मोवाइल दिदैं आएपनि त्यसबाट उत्पन्न हुने परिणामबारे कुनै खोजीनीति गर्दैनौं । जसका कारण बालकालिका सिधै नकारात्मक बाटोमा गइरहेका छन् ।
मोवाइल पाएर सानै उमेरमा ‘लभ’ पर्नेदेखि लिएर पोर्नोग्राफी हेर्ने लत लागिरहेको छ । सप्तरीमा एउटा यस्तै घटना भएको छ । मोवाइल पाएकी दुई जना बालिका गाउँ नजिककै दुई जना केटासँग ‘लभ’ गर्छन् । केटासँगै भागेर भारतको राजधानी दिल्लीसम्म पुग्छन् । तर, प्रहरी र भारतीय संस्थासँगको समन्वयमा बल्ल फेला पर्छन् ।
मोवाइलमा टिकटक आइडी बनाएकी दुबै बालिकाको उमेर १६ वर्षको छ । टिकटक आइडीबाटै युवकसँग लभमा परेका उनीहरु यति मोहित भए कि ती युवकसँग भागेरै दिल्ली पुगे ।
गत भदौको पहिलो साता हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ की यी दुबै बालिका वेपत्ता भइन् । परिवारजनले ११ भदौमा खोजलाश गरिपाउँ भनी प्रहरीमा हुलिया निवेदन दिए ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरे भन्छन्, ‘यसपछि हामी खोजलाश शुरु गर्‍यौं । त्यस क्रममा उनीहरु दिल्ली पुगेका रहेछन् ।’
दिल्लीस्थित किङ इण्डिया नामक संस्थासँग समन्वय गरी दुबै बालिकालाई घर फिर्ता ल्याइएको छ । ‘ती संस्थाका प्रतिनिधीले दिल्लीस्थित रेल्वे स्टेशनमै शंका लागेर बालिकासँग सोधपुछ गरेका थिए’ डीएसपी घिमिरेले इग्रीन मधेशसँग भने, बालिकालाई लगेका युवकहरु त्यहींबाट फरार भए ।’
भेटिएकी बालिकाले टिकटक मार्फत् ‘लभ’ परेर युवकहरुसँग गएको प्रतिकृया दिएको प्रहरीको भनाई छ ।
आईतबार संस्थाका निर्देशक नवीन जोशीले ती दुबै बालिकालाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएपछि अभिभावकलाई बोलाएर जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
मोवाइलले एक किसिमको विकृति पनि ल्याएको यो घटनाले देखिएको छ । बालबालिकालाई मोवाइल दिनुभन्दा किताव अध्ययन गर्ने या खेलकुदको बानी लगाउनुपर्ने आवश्यक्ता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.