ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, November 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै


फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै

Loading

राजविराज । फोहोरमैला व्यवस्थापनमा संलग्न श्रमिकहरूको हक, अधिकार, मर्यादा तथा पेशागत स्वास्थ्य र सुरक्षाको संरक्षण गर्ने उद्देश्यले सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिकाका सफाइकर्मीहरूले ‘रिसाइकलर साथी सप्तरी, नेपाल’ नामक नागरिक समाज संस्था गठन गरेका छन् ।
नवगठित संस्थाको मुख्य उद्देश्य फोहोरमैला व्यवस्थापन श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्नु, पेशागत स्वास्थ्य तथा सुरक्षाको प्रवद्र्धन गर्नु, सुरक्षित र मर्यादित कार्य वातावरण निर्माणका लागि पैरवी गर्नुका साथै श्रमिकहरूको सामूहिक आवाजलाई सशक्त बनाउनु रहेको छ ।
शुक्रबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सभाहलमा आयोजित क्षमता अभिवृद्धि कार्यक्रममा संस्थाको गठन तथा संस्थागत सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरिएको थियो । कार्यक्रममा २० जनाभन्दा बढी फोहोरमैला व्यवस्थापन श्रमिकहरूको सक्रिय सहभागिता रहेको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा अनुसन्धान तथा दिगो विकास केन्द्र ९क्रिएसन नेपाल० द्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत यो पहल अघि बढाइएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापन श्रमिकहरूको क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा उनीहरूको हकहित संरक्षणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
परियोजनाअन्तर्गत आगामी सात महिनाको अवधिमा फोहोरमैला व्यवस्थापन श्रमिकहरूलाई परियोजनाका विभिन्न गतिविधि तथा उद्देश्यसँग सम्बन्धित क्षमता अभिवृद्धि तालिम प्रदान गरिनेछ । तालिममार्फत श्रमिकहरूको नेतृत्व विकास, संस्थागत व्यवस्थापन, अधिकारसम्बन्धी ज्ञान, संगठनात्मक क्षमता तथा आफ्नो हकहितका लागि आवाज उठाउन आवश्यक सीप र ज्ञान अभिवृद्धि गरिनेछ। उक्त गतिविधि सन्चालन गर्नका लागि परियोजना अन्तर्गत अनुदान समेत प्राप्त गरेका छन ।
यसका साथै, नवगठित संस्थालाई प्रभावकारी, पारदर्शी, जवाफदेही र दिगो रूपमा सञ्चालन गर्न तयार गरिएका सातवटा विभिन्न नीतिहरूबारे पनि संस्थाका सदस्यहरूलाई अभिमुखीकरण तथा तालिम प्रदान गरिनेछ । ती नीतिहरूले संस्थाको सुशासन, संस्थागत सञ्चालन, जवाफदेहिता र दीर्घकालीन दिगोपन सुनिश्चित गर्न महत्वपूर्ण मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
‘रिसाइकलर साथी सप्तरी, नेपाल’ को गठनले फोहोरमैला व्यवस्थापन श्रमिकहरूलाई संगठित भई आफ्ना साझा समस्या, आवश्यकता र अधिकारका विषयमा सामूहिक रूपमा आवाज उठाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।
यस संस्थामार्फत श्रमिकहरूले सुरक्षित कार्यस्थल, उचित श्रम अधिकार, सामाजिक सुरक्षा तथा आफ्नो पेशाको सम्मान र पहिचानका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग प्रभावकारी रूपमा पैरवी गर्न सक्ने विश्वास लिइएको छ ।
फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न यस संस्थाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत अघि बढाइएको यस पहलले फोहोरमैला व्यवस्थापन श्रमिकहरूको सशक्तीकरण तथा समावेशी र दिगो फोहोरमैला व्यवस्थापन प्रणाली निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ठाकुर बाबा युवा क्लबले जित्यो टी–२० क्रिकेटको उपाधि

Next Post

कञ्चनरुपबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कञ्चनरुपबाट ब्राउनसुगरसहित एक जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कञ्चनरुपबाट ब्राउनसुगरसहित एक जना पक्राउ

फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै

फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै

ठाकुर बाबा युवा क्लबले जित्यो टी–२० क्रिकेटको उपाधि

ठाकुर बाबा युवा क्लबले जित्यो टी–२० क्रिकेटको उपाधि

मधेशीलाई बिहारी भनेर होच्याउनेलाई कार्वाही गर्न जनअधिकार पार्टीको माग

मधेशीलाई बिहारी भनेर होच्याउनेलाई कार्वाही गर्न जनअधिकार पार्टीको माग

रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल

रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल

सुनसरी घटनाको चार दिन हुँदा समेत साम्य बनाउन नसक्नु सरकारको नालायीकीपन : जनअधिकार पार्टी

भीमफेदी दुर्घटनामा मृत्युवरण गरेका परिवारलाई राहत र क्षतिपूर्तीको व्यवस्था गर्न जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.