![]()
राजविराज । जनअधिकार पार्टीले आफूलाई अभियन्ता भनिने भरत जंगमलाई कार्वाही गर्न माग गरेका छन् ।
मधेशीलाई बिहारी भनेर हेपेको भन्दै उनलाई कार्वाहीको माग गरिएको हो ।
पार्टी अध्यक्ष डा. शरदसिंह यादवले जंगमलाई नेपालको संविधान र कानुन अनुसार कडा कार्वाही गरिनुपर्ने बताए ।
जंगमले एक अन्तर्वार्ताका क्रममा छठ पर्व नेपालीको हो, तर नेपालमा बस्ने बिहारीहरुको हो भनेका छन् ।
‘प्रथम राष्ट्रपति डा. रामवरण यादवजी बिहारकै हुनुहुन्छ, अहिलेको प्रधानमन्त्री बालेन्द्र साह महोत्तरीका हुनुहुन्छ के उहाँ पनि बिहारी नै हुन् ?’ अध्यक्ष यादवले भने, ‘जंगमको भनाई सुन्दा यस्ता कुबुद्धि भएका व्यक्तिहरु बेला बेलामा मधेशी राष्ट्रियता, मधेशी नागरिकविरुद्ध यस्ता अतिक्रमित कुराहरु गरिरहन्छन् ।’
यस्ता व्यक्तिलाई नेपालको संविधान र कानुन अनुसार कडा कार्वाही गरिनुपर्ने अध्यक्ष यादवले बताए ।







