ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, November 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हुबहु दृश्य चित्रमा उतार्ने सोनमको अदभूत कला !


हुबहु दृश्य चित्रमा उतार्ने सोनमको अदभूत कला !

Loading

राजविराज । विभिन्न फोटो बिक्ने र खरीद गर्ने क्रम अहिले पनि चलिरहेको छ । फोटोहरु अधिकांस प्रेसमा छापिएका हुन्छन् ।

चित्र त धेरैले बनाउँछन्, तर हेर्दा प्रेसमै छापिएको जस्तो फोटो आफ्‌नै हातले तयार गर्ने एक बालिका देखा परेकी छन् । उनी नेपाली नै हुन र सप्तरी जिल्लाकै हुन् ।

हरेक व्यक्ति कुनै न कुनै प्रतिभा लिएरै जन्मिने गर्छन् । ती बालिका भने चित्र बनाउने प्रतिभा लिएर जन्मिएकी रहिछिन् । उनले बनाउने हरेक चित्र वास्तविक फोटो जस्तै हुन्छ । उनले केही बेर नियाँलेमा जस्ताको त्यस्तै चित्र पनि उतारिदिन्छिन् ।

यस्तो प्रतिभा बोकेकी उनी हुन् सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कञ्चनपुरकी १९ वर्षीया सोनम कुमारी झा । दुर्गानन्द झाकी ज्येष्ठ सन्तानको रुपमा जन्मिएकी उनी १२ वर्षको उमेरदेखि नै चित्र बनाउन थालेकी हुन् ।

पढाई सँगसँगै चित्रकलालाई प्राथमिकतामा राखेकी उनले कोर्ने हरेक चित्र हेर्दा हातले बनाएको विश्वास धेरै कमले गर्छन् । तर उनी पेन्सिलले चित्र कोर्दै हेर्ने व्यक्तिलाई आश्चर्यचकित बनाइरहेकी छन् ।

पढाईलाई निरन्तरता दिइरहेकी उनी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनी हातले खेलौनाभन्दा पनि रंग र पेन्सिललाई अँगालिन् ।

झाले आफ्‌नो आँखाहरूले देखेका दृश्यहरू उतार्न थाल्दा यसमै रमाउन थालिन् ।

‘आमा चित्र बनाउनुहुन्थ्यो, उहाँले नै चित्र बनाउन प्रोत्साहित गर्नुभयो’ उनी भन्छिन्, ‘आमाले प्रोत्साहन नगरिदिएको भए शायदै यस्तो चित्रहरु बनाउँथे ।’

प्राथमिक तहमा पढ्ने क्रमदेखि नै चित्र बनाउन थालेकी उनको उमेर बढ्दै जाँदा यो कला झन् गहरिदैं गयो । विद्यालय पढ्दै गर्दा उनले कोरेका चित्रहरू देख्ने जोकोही पनि झुक्किने गर्थे ।

‘उनले पेन्सिल र रंगको माध्यमबाट बनाएको चित्र कुनै आधुनिक क्यामराले खिचेको फोटोभन्दा कम हुँदैन’ पिता दुर्गानन्द भन्छन्, ‘छोरीको यो अदभूत कला देखेर म आफैं आश्चर्यचकित भएको छु ।’

अनुहार हेरेरै चित्र बनाउने कला

उनले भगवान गणेश, कृष्ण, शिव, पार्वती, बजरंगबलीसहित विभिन्न चित्रहरु तयार गरेकी छन् । उनको चित्रकलामा एउटा अचम्मको जादू छ । उनी जे देख्छिन्, त्यसलाई दुरुस्तै उतार्न सक्छिन् ।

कुनै व्यक्तिको चित्र बनाउनुपरे उनी केही बेर नियाँलेर बनाइदिने गरेको बताउँछिन् ।

आफ्‌नो क्यानभासमा उनी जस्तोसुकै चित्र बनाउँछिन् ।

आफ्‌ना चित्रहरू मार्फत मानिसका भावना र प्रकृतिलाई जीवन्त रूप दिँदै अगाडि बढिरहेकी उनी भन्छिन्, ‘भविष्यमा मेरो योजना चित्रकार बन्नु नै हो ।’

पाइएन सहयोग

सयभन्दा बढी चित्र बनाइसकेकी सोनमको यो कलाप्रति अन्य सरोकारबालाको ध्यान जान सकेको छैन् । यस्ता प्रतिभा भएका जोसुकैलाई अगाडि बढाउनुपर्नेमा सरोकारबालाले ध्यान दिन नसकेको परिवारजन बताउँछन् ।

एक पटक एक बैंकले आयोजना गरेको चित्रकला प्रदर्शनीमा उनी मधेश प्रदेशमै पहिलो भइन् । त्यसपछि उनी लगातार उपेक्षाको शिकार भइरहेकी छन् ।

‘कसैले साथ नदिएपनि म चित्र बनाउन छोडदिनँ’ सोनम भन्छिन, ‘मलाई चित्रसँग लगाब भइसकेको छ ।’

उनी भविष्यमा पनि चित्रकार नै बन्ने लक्ष्य राखेकी छन् । उनका पिता दुर्गानन्द पनि छोरीलाई सहयोग गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हुबहु दृश्य चित्रमा उतार्ने सोनमको अदभूत कला !

हुबहु दृश्य चित्रमा उतार्ने सोनमको अदभूत कला !

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...