![]()
राजविराज । सप्तरीबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ बाट बिहीबार बेलुका एक जनालाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय नारदमणी बरही छन् ।
प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट ४५० मिलिग्राम ब्राउन सुगर भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बरहीलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।







