![]()
राजविराज । सप्तरीमा हात्तीलाई मारेर गाडेको पाइएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको पाइएको हो ।
कंकालिनी मन्दिरदेखि करिब एक किलमेमिटर उत्तर पूर्व धान खेतमा हात्तीलाई गाडेको पाइएको हो ।
नियमित गस्तीमा आउने कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीलाई मारेर गाडेको देखेका हुन् ।
‘हात्तीलाई खाल्डोमा पुरेर माथिबाट पराल हालेको देखियो’ डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले इग्रीन मधेशसँग भने, ‘गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोष्टमार्टम भइरहेको छ ।’
कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले मृतक हात्तीको पोष्टमार्टम गरिरहेका छन् ।
हात्तीलाई २/३ दिनअघि नै मारेर गाडेको हुन सक्ने आशंका गरिएको छ ।
पोष्टमार्टम गरेपछि हात्तीलाई पुनः खाल्डामै गाडिनेछ ।
घट्नामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
हात्ती मरेको कारणबारे तत्काल खुल्न नसकेको र अनुसन्धान भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई उदृत गर्दै डिभिजन वन कार्यालय, सप्तरील्े जनाएको छ ।







