![]()
राजविराज । सिन्धुलीबाट सप्तरीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटबाट लागूऔषध खैरो हेरोइनसहित उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङा नगरपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय निराजन चौधरी छन् ।
चौधरीसँगै रूपन्देही गैडहवा गाउँपालिका–१ घर भएका २८ वर्षीय प्रकाश थापा पनि पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ सय ग्राम खैरो हेरोइन बरामद भएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







