भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने बताएकी छन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भुमी आयोग गठन भइसकेपछि ४९ हजार जग्गाबिहीनलाई जग्गाको मालिक बनाइसकिएकाे जानकारी दिइन् । उनलेे दुई बर्षभित्र सबै भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराइसक्ने बताइन् ।
यो बर्षमा ३ सय पालिकामा काम भइरहेकाे र अर्को बर्ष सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने उनलेे बताइन् ।
४९ हजारलाई जग्गाको मालिक बनाइएको ।
उनले विगतमा लालपुर्जासँग भोटको राजनीति गर्न चाहेकोले भुमिहिनले जग्गा पाउन नसकेको बताउँदै मन्त्री श्रेष्ठले अब पनि लालपुर्जासँग अब पनि कसैले भाेंटकाे राजनीति गर्न खोजे प्रतिवाद गर्न आग्रह गरिन । पाइदैन । निर्वाचनको आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नराेकिने भन्दै उनले याे नियमित प्रक्रिया भएकाे र जिल्ला भुमि आयोगले जहिले पनि दिन सक्ने उल्लेख गरिन् ।
कसैलाई दया माया गर्न नभई संविधानमा लेखिएका अधिकार दिनुपर्ने जिम्मेवारी अनुरूप आफूहरूले याे काम गरेको उनले बताइन् । ‘यो अधिकार दिने राज्यको कर्तब्य हो’ हिजो नै हुनुपर्ने तर हुन सकेन । हिजोको सरकारले गर्न सकेन । हामी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौं ।’