ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश आएका ओलीले दिन खोजे यी सन्देश


मधेश आएका ओलीले दिन खोजे यी सन्देश

Loading

मधेश सम्वाददाता
जनकपुरधाम, २७ भदौ ।
पार्टी प्रवेश गराउन सोमबार मधेश प्रदेशको राजधानी आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मधेशबिरोधी नरहेको भन्न बिभिन्न सन्देश प्रवाह गरेका छन् । उनले नागरिकता दिने सवालमा एमाले बिरोधी नभएको समेत बताए ।
उनले अब मधेशमा एमाले मजबुत हुँदै गएको बताउँदै कसैस्ँग गठबन्धन पनि नगर्ने बताए । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदबारी दिएको धनुषा–३ मा आफ्नै उम्मेदबार उठाउने बताए ।
ओलीले भने, ‘३ नम्बरबाटै बोलिरहेको छु । कसैलाई भ्रम नहोस् । यस क्षेत्रमा एमाले उठछ, एमालेले आफ्नै उम्मेदबार उठाउँछ ।’
‘धेरै मानिसहरु प्रवेश गरेपछि एमाले यहाँ पनि मजबुत भयो त्यसकारण यसो एमालेसँग पनि साँठगाँठ गरेर फुत्काउन पाइन्छ कि भनेर सोंच्या होला’ उनले भने, ‘त्यो कुरा हुनेबाला छैन् । एमालेले यस क्षेत्रमा आफ्नै उम्मेदबार उठाउँछ ।’
धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा नेता महतो चुनाव लड्ने तयारीमा छन् भने एमालेले यो क्षेत्रबाट जुली महतोको नाम सिफारिस गरेको छ ।
नेकपा एमाले र लोसपाबीच आगामी निर्वाचनका लागि तालमेल हुने चर्चा चलिरहँदा ओलीको यस्तो प्रतिकृया आएको हो ।
कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज रघुबीर महासेठले प्रदेशको कुल ३२ मध्ये १० वटा सिटमा एमाले जित्ने बताएपछि ओलीले महासेठसँग प्रश्न गरे, ‘अरु सिट कसका लागि छाड्ने त ?’ उनले सबैतिर आफ्नै उम्मेदबार उठाउने संकेत गरे ।
असोज ८ गते धनुषाकै क्षेत्र नम्बर २ मा हजारौंको एमालेमा प्रवेश हुन्छ, प्रवेश गराउन म आफैं आउँछु’ उनले भने, ‘ एमालेबाहेक कसैले पार्टी जोगाउन सक्ने अवस्था छैन् ।’
अध्यक्ष ओलीले एमाले कसैसँग कुनै गठबन्धन पनि नगर्ने बताए । ‘आफ्नै खुट्टामा उभिन नसक्ने, अनि सहारा लगाउनुपर्ने पार्टी एमाले होइन्’ उनले भने, ‘एमाले आफ्नै खुटामा उभिन सक्छ, आफ्ना नीति र उद्देश्यमा चल्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्टिय संकल्प तोकेर त्यो पूरा गर्न आफ्नै बुतामा अघि बढ्छ ।’
गठबन्धन अत्यन्तै अपवित्र भएको उनले बताए । ‘गठबन्धन अपिवत्र कुरा हो, उद्देश्यबिहीन नीतिहिन, गन्तव्यहिन, सिद्धान्तहिन, कार्यक्रमबिहीन, योजना नभएको यस्तो गठबन्धन एमालेले गर्दैन्’ उनले भने ।
चुनावी तालमेल भने हुन सक्ने उनले बताए । ‘लोकतन्त्रमा कहिले–कहिले, कुनै–कुनै पार्टीको रेस्क्यु पनि गरिदिनुपर्ने हुन्छ’ उनले भने, त्यसका निम्ति तालमेल हुन सक्छ ।’
ओलीले जन्मसिद्ध नागरिकका सन्तालई बंशजको आधारमा नागरिकता उपलब्ध गराउने कुरा मात्रै थपिए नागरिकता विधेयक पारित हुने बताए ।
जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रमाण पत्र उपलब्ध गराउने मात्रै संसदमा पारित गराउनुपर्ने उनले बताए । ‘प्रस्ताव ल्याउँ संसदमा पारित गराउने जिम्मा मेरो’ उनले भने, ‘प्रतिपक्षीले तुरन्त समर्थन गर्छ । एमालेले साथ दिन्छ । तुरन्त पास गर्छ ।’
यति प्रस्ताव मात्रै ल्याएपछि संसदमा पारित गराउने जिम्मा आफ्नो भएको उनले बताए । ‘जन्मसिद्धका नागरिकले नागरिकता पाउनुपर्छ भन्ने एमालेको नारा हो । म सात दिनदेखि कराइरहेको छु’ उनले भने, ‘तर एमालेले नागरिकताको प्रमाण पत्र दिएन भनेर भ्रम फैलाउने, जनता अल्मल्याएर भोंटको राजनीति गर्न खोजेको छ ।’
ओलीले गठबन्धनका नेताहरुको अनुहराबाट मुस्कान हराइसकेको समेत बताएका छन् ।
अहिले उहाँहरुको हडबडी र त्रास छ’ उनले भने, ‘उहाँहरुले मंसिर ४ गतेको परिणाम हेरिसक्नुभएको छ ।’
उहाँहरुलाई गठबन्धन गर्नुपर्ने बाध्यता नै रहेको उनले बताए । ‘गठबन्धन नगरी एमालेतिर नहेरे हुन्छ । आँट नगरे हुन्छ’ उनले भने, ‘यो कुरा शेरबहादुरजीले राम्ररी बुझनुभएको छ । पुष्कपकल दाहालजीले बुझनुभएको छ ।’
कुनै सिद्धान्तको जलप लगाएर, नक्कली मुद्दा खडा गरेर, अफवाह फैलाएर नेपाली जनताको भविष्य अँधकारमा राख्ने छुट कसैलाई नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपाका खाँ एमालेमा प्रवेश

Next Post

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

विज्ञप्ती जारी गरेपछि अभियानका अध्यक्ष बिनय पक्राउ, रिहाईको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मर्निङ वाकमा निस्केकाको ट्रकको ठक्करले मृत्यु

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.