ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विज्ञप्ती जारी गरेपछि अभियानका अध्यक्ष बिनय पक्राउ, रिहाईको माग


Loading

मधेश सम्वाददाता
राजविराज, २७ भदौ ।
नेपाल भ्रमणका क्रममा रहेको चीनियाँ टोलीको गतिविधि र भेटवार्ता पारदर्शी गर्नु पर्ने माग गर्दै विज्ञप्ती जारी गरेका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियानकी उपाध्यक्ष सुनिता साहका अनुसार यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
देश र जनताको हितमा आवाज उठाउँदा अभियानका अध्यक्ष यादवलाई सरकारले प्रहरी लगाएर बन्धक वनाएको साहको आरोप छ । नेपाल भ्रमणमा रहेका चिनीयाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राखेकै आधारमा यादवलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले सरकारको कदमको निन्दा गरेकी छिन् ।
विना कसुर अध्यक्ष यादवको शरीर बन्धक गरेर सरकारले संविधान प्रदत्त स्वतन्त्रताको अधिकार हनन् गरेको हाम्रो ठहर छ’ साहले विज्ञप्ति जारी गरेर भनेकी छिन– ‘यो कदमले सरकारको अलोकतान्त्रिक कदमको पर्दाफास त भएको छ नै जन चासोका सवालमा आवाज उठाउने ब्यक्तिको शरीर बन्धक गर्नुले सरकार नै चिन परस्त भएको प्रष्ट भएको छ ।’
०७४ सालको आम निर्वाचनमा वाम गठबन्धन निर्माणमा दवाब मुलक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ विस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण रहेको उनको दावी छ । ‘त्यसैले चीनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपा ली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने हाम्रो माग हो’– उनले भनेकी छिन ।
देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न विज्ञप्तीमा माग गरिएको छ । अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

Next Post

मर्निङ वाकमा निस्केकाको ट्रकको ठक्करले मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मर्निङ वाकमा निस्केकाको ट्रकको ठक्करले मृत्यु

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

सप्तरीमा पहिलो दिन नै १६ सय ४८ जनाद्धारा म्यादी प्रहरीका लागि आवेदन

सप्तरीमा पहिलो दिन नै १६ सय ४८ जनाद्धारा म्यादी प्रहरीका लागि आवेदन

अब मेरो पार्टीको एजेन्डा राज संस्था नरहने : कमल थापा

अब मेरो पार्टीको एजेन्डा राज संस्था नरहने : कमल थापा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.