ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भारतमा मृत भेटिएका सशस्त्रका असईको हत्या भएको खुल्यो, जवान पक्राउ


Loading

मधेश सम्वाददाता
राजविराज, २७ असोज ।
भारतमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरीका असईको हत्या भएको खुलेको छ । हत्या आरोपमा सशस्त्र प्रहरीकै एक जना जवान पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको गत असोज २० गते भारतीय भूमीमा शव फेला परेको थियो । शरीरमा लगाएको कपडा फुकालिएको अवस्थामा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा उनको शव फेला परेको थियो ।
४५ बर्षीय यादवको हत्या उनकै सहकर्मी प्रहरी जवान होमबहादुर खत्रीले गरेका छन् । प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको छ । यद्यपी यसबारेमा औपचारिक जानकारी प्रहरीले गराएको छैन् ।
अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार खत्रीलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान भइरहेको छ ।
असई यादवलाई प्रहरी जवान खत्रीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनको मृत्यु भएको उनले बताए । खत्री मादक पदार्थ सेवन गरी ड्यूटिमा ढिलो आउँदा असई यादवले यस्तो किन गरेको भन्दा दुबैबीच बादविवाद भएको र त्यसपछि खत्रीले कुट्दा उनी बेहोस भएका थिए । बेहोस भएपछि खत्रीले बिजुलीको तारले घाँटी कसेर मारेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
मृत्यु भएपछि खत्रीले केहि व्यक्तिको सहयोगमा शव भारतमा लगेर फ्याँकेका थिए । प्रहरी श्रोतका अनुसार खत्रीले यो कुरा स्वीकारेका छन् ।
खत्री अहिले नेपाल प्रहरीको नियन्त्रणमा छन् भने यहीं घट्नामा अनुसन्धानका निम्ति सशस्त्र प्रहरी गण नम्बर ६ राजविराजका प्रमुख एसपी हेडक्वाटरमा तानिएका छन् । उनको जिम्मेबारी पनि खोसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रधानमन्त्रीले बर्खास्त गरे जसपाका मन्त्री, प्रदेशमा पनि बर्खास्त गर्ने तयारी

Next Post

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

Game of Thrones spending just as long making fewer episodes

With 150 million daily active users, Instagram Stories is launching ads

Washington prepares for Donald Trump's big moment

CS:GO ELeague Major pools and tournament schedule announced

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.