ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

भेटेनरी कार्यालयको बदमासी : भ्याक्सिनेटर सँगै किसानको समेत दिएन भुक्तानी

Loading

राजविराज । राजविराजस्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ठूलो बदमासी गरेको पाइएको छ । श्रम गर्नेको पारिश्रमिक र किसानले गरेको कामको समेत भुक्तानी नदिएको पाइएको हो ।

गत आ.ब. २०८०/८१ मा पशुलाई भ्याक्सिन लगाएका भ्याक्सिनेटरको पारिश्रमिकसँगै पशुपालनतर्फ किसानले गरेका कामको बजेट पनि कार्यालयले निकासा दिएको छैन् ।

पारिश्रमिक नदिएको भन्दै पशुलाई भ्याक्सिन लगाउनेहरुले आईतबारदेखि शुरु गरेको आन्दोलनमा अब भुक्तानी नपाएका किसान पनि समाहित भएका छन् । सोमबार दुबै पक्ष संयुक्त रुपमा आन्दोलन गरेका छन् । उनीहरुले सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म भेटेनरी कार्यालयमा धर्ना दिएका छन् । भुक्तानी नपाएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

बिभिन्न किसान समूह, कृषि सहकारी, नीजि फर्मका किसान मार्फत् भेटेनरी कार्यालय मार्फत् बिभिन्न योजना संचालन गरिएको थियो । हरुवा चरुवा वर्गको उत्थानका लागि बाख्रा बितरण कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम, भैंसी प्रवद्र्धन, घाँस श्रोत केन्द्र स्थापनासहितको काम जिल्लाको बिभिन्न ठाउँमा भएपनि भुक्तानी हुन सकेको छैन् ।

काम सकाएर प्रगति विवरण बुझाउँदा समेत कार्यालयले भुक्तानी नदिएको काम गरेकामध्येका मनोज मेहताले जानकारी दिए ।

यस्तै, सप्तरीको १८ वटै पालिकामा गत आ.ब. २०८०/८१ मा पशुलाई बिभिन्न भ्याक्सिन लगाउने काममा खटिएकाले अहिलेसम्म पारिश्रमिक पाउन सकेका छैनन् ।

गत आ.ब.मा सप्तरीका ४८ जना जेटी, ग्रामिण पशु स्वास्थ्य कार्यकर्तासहितका भ्याक्सिनेटरले सबै पालिकाका पशुलाई भ्याक्सिन लगाएका थिए । गाई, भैंसीलाई खारेत रोगबिरुद्धको, लम्पी स्कीनबिरुद्धको तथा भ्यागुते/चर्चरे रोगको र खसी÷बाख्रा÷बोकालाई पीपीआर भ्याक्सिन लगाएका थिए ।

यो भ्याक्सिन प्रदेश सरकारले भेटेनरी कार्यालयलाई पठाइदिएको थियो । भ्याक्सिन लगाउनेहरु प्रतिस्पर्धाको आधारमा छनौट गरिएका थिए । भ्याक्सिन लगाउनेहरुको पारिश्रमिक प्रदेश सरकारले भेटेनरी कार्यालयलाई पठाइदिएको थियो ।

आफूहरुले जिल्लाभरिका पशुलाई भ्याक्सिन लगाएर जेठको शुरु हप्तासम्मै प्रगति विवरण पेश गरेपनि पारिश्रमिक वापतको भुक्तानी नदिएको संघर्ष समितिका संयोजक यादवले बताए ।

छिन्नमस्ता गाउँपालिकामा भ्याक्सिन लगाएका मनोज यादवले यो पालिकाका मात्रै रु १ लाख ५ हजार पारिश्रमिक लिन बाँकी रहेको बताए ।

उनीहरुका अनुसार जिल्लाभरि लगाइएको भ्याक्सिन वापतको रु २० लाखभन्दा बढी भुक्तानी लिन बाँकी छ ।

यस सम्बन्धमा भेटेनरी कार्यालयका प्रमुख संग सम्पर्क गर्न खोज्दा हुन सकेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सांसद दिनेशको सप्तरीबारे जिज्ञासा, प्रधानमन्त्रीको सकारात्मक प्रतिबद्धता

Next Post

न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

सप्तरी : सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते 

सप्तरी : सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते 

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

समाचार लेखेकै कारण पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की, कार्वाही गर्न महासंघको माग

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन 

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.