ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 


दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

Loading

राजविराज । भ्रष्टाचारबिरुद्ध तथा सामाजिक संजाल खुल्ला राख्नुपर्नेसहितका माग राख्दै आन्दोलनमा उत्रेका जेनजीको टोलीमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाले कडा भत्र्सना गरेको छ ।

उच्च अदालत राजविराज एशोसिएशन, नेपाल पत्रकार महासंघ एवं मानवअधिकार समिति उच्च अदालतले साेमबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै काठमाडौंसहित देशका बिभिन्न शहरमा आन्दोलनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले बर्बरतापूर्वक गोली प्रहार गरी ज्यान लिनु र सयौंलाई घाइते बनाउनु सरकारको निरंकुशभन्दा ठूलो कदम भएको बताएको छ ।

‘हामी यो घट्नाप्रति स्तब्ध एवं मर्माहत भएका छौं । घट्नाको कडा रुपमा भत्र्सना गर्दछौं । यो घट्नाको जति निन्दा गरेपनि कमै हुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

जुनसुकै प्रदर्शनमाथि दमन गर्नु नहुने, हाम्रै संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको भन्दै विज्ञप्तिमा यसतर्फ सरकारको ध्यान नगई आफ्नै नागरिकको ज्यान लिनु सरकारको नालायिकिपन भएको उल्लेख गरिएको छ ।

‘यसले सरकार जनताका लागि नभई आफ्नो स्वेच्छाचारीमा लागेको पुष्टि गराउँछ’ विज्ञप्तिमा भनिएको छ ।

यस किसिमको दमन रोक्न सरकारको ध्यानाकर्षण गराउँदै मृतकको परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचार गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘साथै आन्दोलनरत पक्षलाई अबिलम्ब वार्तामा बोलाई समस्याको समाधान गर्न हामी सरकारसँग आग्रह गर्दछौं ।’

उच्च अदालत राजविराज एशोसिएशनका अध्यक्ष हरेराम यादव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव एवं मानवअधिकार समिति उच्च अदालतका संयाेजक माे. समीम अख्तर अलीले संयुक्तरूपमा विज्ञप्ति जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

Next Post

एमाले सप्तरीको कार्यालयमा आगजनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमाले सप्तरीको कार्यालयमा आगजनी

एमाले सप्तरीको कार्यालयमा आगजनी

कांग्रेस र जनमतको पार्टी कार्यालयमा पनि युवाले लगाए आगो

कांग्रेस र जनमतको पार्टी कार्यालयमा पनि युवाले लगाए आगो

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिए राजिनामा

पूर्व मन्त्री यादवको गाडी तोडफोड

पूर्व मन्त्री यादवको गाडी तोडफोड

जसपा नेपालको पार्टी कार्यालयमा पनि आगजनी

जसपा नेपालको पार्टी कार्यालयमा पनि आगजनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.