ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

Loading

राजविराज । सप्तरीको खडक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षभित्रका सम्पूर्ण फर्निचर बाहिर ल्याएर राखिएको छ ।

नगरपालिकाका मेयर जयपै्रकाश चौधरीको निर्देशनमा ज्यालादारी कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, टेबलसहितका फर्निचर, नेम प्लेट समेत झिकेर राखेका छन् ।

यो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिनय सोनु कार्यरत छन् । सोनुलाई काम गर्न नदिने मनसायका साथ मेयर चौधरीले कार्यकक्षभित्रका सबै सामान नै बाहिर ल्याएर राख्न लगाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत सोनु आएदेखि नै स्थानीय तह संचालन ऐन र नियमावली बिपरित काम गर्न भनेको र नमान्दा मेयर चौधरीले उनको कार्यकक्ष नै खाली गराएका हुन् । ‘दिन नमिल्ने भुक्तानी गराउन, गर्न नसकिने काम गराउन मेयरज्यूले अत्यधिक दवाव दिनुभयो’ प्रमुुख प्रशासकीय अधिकृत सोनु भन्छन्, ‘नमान्दा उहाँले कार्यालयमा बस्ने वातावरण नै बिगार्नुभएको छ ।’

यो पालिकाको सभा निर्धारित समय असारमै सम्पन्न भएको छ । नयाँ आर्थिक बर्ष शुरु भएपछि कामकाजलाई अगाडि बढाउनुपर्ने हो । तर, मेयर चौधरीले प्रमुख प्रशासकीय अधिकृत सोनुबाट काम नगराउने मनसायका साथ कार्यपालिका बैठक समेत बोलाएका छैनन् ।

ज्यालादारी र करारका कर्मचारीको म्याद थप्ने बिषयमा कार्यपालिकाको बेठक बस्न सकेको छैन् भने मेयर चौधरीले खाता खोल्न अख्तियारी समेत दिएका छैनन् ।

मेयर चौधरीले कार्यकक्षभित्रको सामान मात्रै हटाएका छैनन् । कार्यालयमा आउन त्रास उत्पन्न गराएको प्रमुख प्रशासकीय अधिकृत सोनुको भनाई छ । ‘कार्यालय आउँदा दुव्र्यबहार गर्नु भनेर केहि व्यक्तिलाई भनेको आफूले सूचना पाएको छु’ सोनुले भने, ‘यसरी कसरी काम गर्न सकिन्छ ?’

आफू ऐन र नियमको परिधिभित्र काम गर्न तयार रहेको उनी बताउँछन् । यद्यपी बलजफ्ती तरिकाले गर्न लगाउने काम गर्न नसकिने बताए ।

यस बिषयमा मेयर चौधरीसँग पटक पटक फोन सम्पर्क गर्दा समेत उनले फोन उठाएनन् । यद्यपी उनले एक टेलिभिजनसँग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई निषेध गर्न खोजेकै प्रतिकृया दिएका छन् । नगरपालिकामा मनोमानी काम गरिरहेकाले उनलाई निषेध गर्न खोजेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

Next Post

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

सांकेतिक तस्विर

एमाले सप्तरीको कार्यालयमा आगजनी

कांग्रेस र जनमतको पार्टी कार्यालयमा पनि युवाले लगाए आगो

कांग्रेस र जनमतको पार्टी कार्यालयमा पनि युवाले लगाए आगो

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिए राजिनामा

पूर्व मन्त्री यादवको गाडी तोडफोड

पूर्व मन्त्री यादवको गाडी तोडफोड

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.