![]()
राजविराज । नेपाल–भारत मैत्री संघ, शाखा राजविराजले ८०औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिबार राजविराजमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

छिन्नमस्ता अस्पताल, राजविराजमा आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरेको शाखाका सदस्य अरुण यादवले जानकारी दिए।
‘रक्तदान, जीवनदान’ भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रममा संघका पदाधिकारी, सदस्य, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। रक्त अभावका कारण बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।









