ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पूर्वानुमानमा आधारित कार्यमा अपाङ्गता समावेशीकरणमा जोड


पूर्वानुमानमा आधारित कार्यमा अपाङ्गता समावेशीकरणमा जोड

Loading

राजविराज । सप्तरीमा पूर्वानुमानमा आधारित कार्य लाई प्रभावकारी बनाउन प्रभावित व्यक्तिप्रति जवाफदेहिता र मानवीय कार्यमा अपाङ्गता समावेशीकरण सम्बन्धी दुईदिने तालिम सुरु भएको छ ।

युनिसेफको सहयोगमा तिलाठी कोइलाडी, छिन्नमस्ता, हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोशी नगरपालिकाको आयोजनामा शनिबारदेखि राजविराजमा तालिम सुरु भएको हो ।

तालिममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारी गरी २४ जनाको सहभागिता रहेको छ।

विपद् आउनुअघि नै पूर्वानुमान र प्रारम्भिक चेतावनीका आधारमा आवश्यक सहायता तथा स्रोत परिचालन गरी मानवीय क्षति र विपद्को प्रभाव कम गर्ने उद्देश्यले पूर्वानुमानमा आधारित कार्य सञ्चालन गर्न तालिमको आयोजना गरिएको तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।

बाढी लगायतका विपद्को सम्भावना देखिएपछि  जोखिममा रहेका समुदायलाई आवश्यक सहायता उपलब्ध गराउने, सुरक्षित स्थानमा जान सहयोग गर्ने तथा जीविकोपार्जन र सम्पत्ति जोगाउन सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

युनिसेफका कार्यक्रम अधिकृत अशोककुमार झाले पूर्वानुमानमा आधारित कार्यलाई समुदायमैत्री र प्रभावकारी बनाउन स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम चलाईएको बताए ।

उनका अनुसार यसअघि हनुमाननगर कंकालिनी नगरपालिकाका २४ जना कार्यपालिका सदस्य तथा कर्मचारीलाई यस्तै तालिम दिइसकिएको छ । बाँकी तीन पालिकाका २४/२४ जनासहित पाँच पालिकाका गरी कुल १२० जनालाई तालिम प्रदान गरिनेछ ।

तालिममा पूर्वानुमानमा आधारित कार्यसँगै प्रभावित व्यक्तिप्रति जवाफदेहिता, समुदायलाई समयमै र सहज रुपमा सूचना प्रवाह, सुझाव तथा गुनासो संयन्त्र स्थापना तथा व्यवस्थापन र समुदायबाट प्राप्त सुझावलाई पूर्वानुमानका आधार, प्रारम्भिक कार्य तथा प्रतिकार्य योजनामा समावेश गर्ने विषयमा प्रशिक्षण दिने काम भइरहेको कार्यक्रम अधिकृत झाले जानकारी दिए ।

त्यसैगरी विपद् व्यवस्थापनको योजना तथा निर्णय प्रक्रियामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयलाई पनि तालिमले प्राथमिकता दिएको छ ।

स्थानीय नीति, योजना तथा कार्यविधिमा प्रभावित व्यक्तिप्रति जवाफदेहिताका सिद्धान्त समावेश गरी पूर्वानुमानमा आधारित कार्यलाई संस्थागत बनाउने विषयमा समेत तालिममा छलफल हुने बताइएको छ ।

तालिममा युनिसेफका कामदेव खनाल, अशोककुमार झा, विष्णुमाया भट्टराई, मेघराज मगर तथा सबल नेपालका मनिष महर्जन र राजेश झाले सहजीकरण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छोरी मात्रै जन्माएको निहुँमा बिष खुवाएर बुहारीको हत्या आरोपमा बद्री पक्राउ

Next Post

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.