![]()
राजविराज । राजविराजस्थित करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा शुरु गरिएको आन्दोलनलाई निरन्तरता दिइने भएको छ ।
जिल्ला समन्वय समितिमा शनिबार बसेको सरोकारवालाको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख, सप्तरी उद्योग वाणिज्य संघका प्रतिनिधिसहितका उद्योगी, व्यवसायीहरुको उपस्थितिमा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
आन्दोलनको कार्यक्रम तय गर्न आइतबार बिहान बैठक बस्ने बैठकमा सहभागी नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामदेव साहले जानकारी दिए ।












