ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक


अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

Loading

दिपेश जोशी

राजविराज । राजविराजमा गत असाेजमा आयाेजना गरिएको अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक गरिएको छ ।
आयोजकले शनिबार राजविराजस्थित वागेश्वरी मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरेको हो ।
आयोजकका संयोजक इन्जिनियर इन्द्रनारायण देवले महासम्मेलनका निम्ति कुल रु. १२ लाख ५७ हजार ४०५ सहयोग प्राप्त भएको जानकारी दिए । स्वजातीय विभिन्न व्यक्तिबाट उक्त सहयोग प्राप्त भएको उनले बताए ।
उनका अनुसार ५१ हजारका दरले १० जना, २५ हजारका दरले १० जना, २८ हजार ७०० एक जना, ११ हजारका दरले ४ जना, १० हजारका दरले १५ जना, ६ हजारका दरले एक जना, ५ हजार १०५ का दरले एक जना, ५१०० का दरले २ जनाले सहयोग गरेका छन् ।
यस्तै, ५ हजारका दरले ३८ जना, ३ हजार १०० का दरले एक जना, २ हजार १०० का दरले एक जना, २ हजारका दरले ४ जना, १ हजार १०० का दरले एक तथा एक हजारका दरले १६ जनाले सहयोग गरेको उनले बताए ।
त्यस्तै, सहभागी भएका ४२६ जनाबाट ३३ हजार १०० प्रवेश शुल्क समेत उठेको उनले बताए ।
रु. १२ लाख ५७ हजार ४०५ आम्दानीमध्ये रु. ११ लाख ५० हजार ४७६ खर्च भएको आयोजकले जनाएको छ । रु. एक लाख ६ हजार ९२९ बाँकी रहेको अध्यक्ष देवले बताए ।
उनका अनुसार सचिवालय व्यवस्थापन, चिया, खाजा, खाना, आवासीय व्यवस्था, टेन्ट, स्टेशनरी, इन्धन, दाेसल्ला, छपाई, प्रचार प्रसारसहितकामा खर्च भएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोजकका सह संयोजक इन्द्रकुमार देव, सदस्यहरु प्रतापनारायण चौधरी, मीरा देवसहितकाले महासम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
गत असोज १७ देखि तीन दिनसम्म अन्तर्राष्ट्रिय देव महासम्मेलनको आयोजना गरिएको थियो । महासम्मेलनमा नेपाल र भारतको विभिन्न ठाउँका देव समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
वागेश्वरी सेवा समिति, भवानी सेवा समिति, देव सेवा समिति काठमाडौ, देव समाज काठमाडौ, विराट देव सेवा समिति र झापा देव सेवा समितिको संयुक्त रूपमा महासम्मेलनकाे आयाेजना गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

Next Post

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्छु : स्वास्थ्य मन्त्री

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्छु : स्वास्थ्य मन्त्री

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरीमा अनुमति लिएर आए/नआएका विदेश नागरिकहरुको सुक्ष्म निगरानी गरिने

सप्तरी : बस र ट्रक ठोक्किएर दुर्घटना, एकको मृत्यु, १० जना घाइते 

सप्तरी : बस र ट्रक ठोक्किएर दुर्घटना, एकको मृत्यु, १० जना घाइते 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.