ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा अनुमति लिएर आए/नआएका विदेश नागरिकहरुको सुक्ष्म निगरानी गरिने

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

Loading

राजविराज । सप्तरी प्रशासनले भारतीय सीमानाकाबाट अनुमति लिएर आए/नआएका विदेश नागरिकहरुको सुक्ष्म निगरानी गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा ७८ किलोमिटर रहेको सीमानाकामा दैनिक रुपमा पहिचान खुल्ने नागरिकता तथा अन्य परिचय पत्रका आधारमा अभिलेख राखी आवत जावतमा निगरानी बढाउन जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रशाशन कार्यलयले जनाएको छ ।

बैठकले जिल्लाभित्र विदेशी नागरिकहरुको उपस्थिति कानून विपरीत गरेको गतिविधी तथा क्रियाकपाललाई निरन्तर रुपमा निगरानीका लागि सबै सुरक्षा निकायहरु सघन रुपमा गस्ती पेट्रोलिङ्ग गर्ने, जिल्लास्थित होटल तथा लजहरुमा रात्रिकालिनको समयमा वास बस्न आउने आगन्तुक/विदेशी/नागरिकहरुको परिचय खुल्ने कागजात लिएर मात्र वास बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

जिल्लाभित्र नियमित काम गर्ने इजाजत प्राप्त विदेशी नागरिक, टुरिस्ट भिसामा आइ काम गर्ने नागरिक विना इजाजत काम गर्ने वा लुकिछुपी बसेका विदेशी नागरिकहरुको सम्बन्धमा सूचना संकलन गरी कानून कारवाहीको दायरामा ल्याउन सबै सुरक्षा निकायहरु परिचालित हुने, सबै स्थानीय तहका विद्यालयहरुमा कुनै किसिमको शंकास्पद विद्यार्थी पढाईको वहानामा एडमिसन गर्न आएमा निजको बारेमा विशेष जानकारी लिई नजिकको सुरक्षाकर्मी / प्रहरीमा जानकारी गराउन बैठकले सबैसँग अनुरोध गरेको छ ।

सबै स्थानीय तहरुले नगर स्तर वडा स्तरमा विदेशी नागरिकहरु कानून विपरीत प्रवेश गर्न सक्ने सम्बन्धमा जनचेतनाका लागि अन्तरक्रिया/बैठक/छलफल कार्यक्रम आयोजना गर्ने व्यवस्था मिलाउने र त्यसबाट प्राप्त सूचना नजिकको सुरक्षा निकायलाई जानकारी समेत गराउने, समुदायमा विदेशी धर्मको प्रचार प्रसार तथा धर्म विरोधी धार्मिक गतिविधीसँग सम्बन्धी कार्यहरु भए/गराएको खण्डमा सो विषयमा आवश्यक चासोकासाथ जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सुचना सम्प्रेशन गर्न राजनीतिक दल, नागरिक समाज, जनप्रतिनीधी समाज सेवी र स्थानीय बासीसँग आग्रह गरिएको छ ।

जिल्ला भित्र प्रवेश गर्न सक्ने विदेशी नागरिक त्यसबाट हुनसक्ने कानून विपरीतको गतिविधीको सम्बन्धमा अडियो/भिडियोको माध्यमबाट सूचना सम्प्रेषणका लागि पत्रकार महासंघलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्छु : स्वास्थ्य मन्त्री

Next Post

सप्तरी : बस र ट्रक ठोक्किएर दुर्घटना, एकको मृत्यु, १० जना घाइते 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : बस र ट्रक ठोक्किएर दुर्घटना, एकको मृत्यु, १० जना घाइते 

सप्तरी : बस र ट्रक ठोक्किएर दुर्घटना, एकको मृत्यु, १० जना घाइते 

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

तलव माग्दै कंचनरुपका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा

आन्तरिक राजस्व कार्यालय स्थापना नगरेसम्म करदाता सेवा कार्यालय हटाउन नमिल्ने भन्दै आन्दोलनको घोषणा

आन्तरिक राजस्व कार्यालय स्थापना नगरेसम्म करदाता सेवा कार्यालय हटाउन नमिल्ने भन्दै आन्दोलनको घोषणा

२० बर्षको उमेरमा विवाह गर्ने कानुन अव्यबहारिक : निबर्तमान सांसद ठाकुर

२० बर्षको उमेरमा विवाह गर्ने कानुन अव्यबहारिक : निबर्तमान सांसद ठाकुर

हराएका मध्ये १११ जना अहिलेसम्म फेला पर्न सकेनन्‌

हराएका मध्ये १११ जना अहिलेसम्म फेला पर्न सकेनन्‌

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.