![]()
राजविराज । भवानी सेवा समिति राजविराजले एक कार्यक्रमको आयोजना गरी दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
समितिले पर्वहरुको अवसर पारेर शनिबार आफ्नै सभाहलमा आयोजना गरेको शुभकामना आदान प्रदान, महिला मिलन एवं महिला ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा दुई दर्जन महिला ज्येष्ठ नागरिक सम्मान गरेको हो ।
महिलाको हाम्रो समाजमा महत्वपूर्ण योगदान भएपनि महिलाहरूको परिवार,समाजले अहिलेपनि मूल्यांकन गर्न नचाहेकोले महिलामा पनि ज्येष्ठ नागरिकको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको समितिका उपाध्यक्ष सुसा देवले जानकारी दिए ।
कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका पूर्व उप सभामुख उपमा देव लगायत अतिथिहरूले दोसल्ला ओढाएर ७० बर्ष माथिका ज्येष्ठ नागरिक महिलाहरूलाई सम्मान गरेका थिए ।
परिवार, समाज र राष्ट्रले महिलाको योगदानको कदर नगरेसम्म स्मृद्ध राष्ट्र नबन्ने मधेस प्रदेशका पूर्व उपसभामुख उपमा देवले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथी रहेकी उनले भनिन्, ‘महिला जहिले पनि सम्मानित छ । रहनुपर्छ ।’
समितिका अध्यक्ष एवं महिला संघको संयोजक सुसा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा डिई अमरेन्द्र देव, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, भवानी सेवा समितिका संस्थापक सल्लाहकार श्याम देव, पूर्व अध्यक्ष पुरूषोत्तम देव, अध्यक्ष इन्द्र कुमार देव, महासचिव सत्यनारायण देव, भवानी सेवा समिति काठमाडौंको निवर्तमान अध्यक्ष योगेन्द्र देव, सुचना अधिकारी अनिल देव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।











