![]()
राजविराज । नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा मंगलबार (भोली) सप्तरी आउँदैछन् ।
बिहान ८ बजे नै उनी सप्तरी आउन लागेको सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका पार्टीका जिल्ला सभापति रामदेव साहले जानकारी दिए ।
पार्टी सभापति थापालाई कोशी व्यारेजमा कार्यकर्ताले स्वागत गर्नेछन् । यसपछि उनी हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित कंकालिनी मन्दिरको दर्शन गरी क्षेत्र नम्बर १ को कार्यालय पुग्नेछन् । यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
यहाँबाट थापा क्षेत्र नम्बर ३ को कठौनामा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनी क्षेत्र नम्बर ४ मा पनि कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस, सप्तरीले जनाएको छ ।












