ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आफ्ना उम्मेदबारलाई जिताउन लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुको आग्रह


आफ्ना उम्मेदबारलाई जिताउन लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुको आग्रह

Loading

२८ कात्तिक, राजविराज । लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुले जनताको अधिकार प्राप्तिका लागि यहीं गठबन्धनका नेताहरुलाई जिताउनुपर्नेमा जोड् दिएका छन् ।

गठबन्धनको सप्तरी क्षेत्र नम्बर २ द्वारा सोमबार छिन्नमस्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यो गठबन्धन विजयी नभएमा देशमा अधिनायकवादी हावी हुने बताए । जनतालाई अधिकार दिलाउन नचाहने व्यक्ति र गठबन्धनलाई जिताए जनता अधिकारबाट बंचित रहीरहने बताए ।

जसले जनतालाई मार्न लगाएर सत्ता प्राप्ति गरे, जनताका अधिकार बिर्से त्यस्ता व्यक्तिलाई मत दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गर्नु रहेको नेताहरुले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उप सभापति रामकुमार यादवले यस क्षेत्रमा गठबन्धनबाट उम्मेदबारी दिएकाहरुलाई जिताउनुपर्ने बताए । उनले जनताको रगतसँग खेलबाड गर्नेहरुलाई कुनै पनि हालतमा मत नदिन मतदातासँग आग्रह गरे ।

एकीकृत नेकपा समाजवादी पार्टीका अध्यक्ष प्रतापनारायण चौधरीले देशलाई ठूलो दुर्घटनाबाट यहीं गठबन्धनले जोगाएको बताए । देशको विकास, जनतालाई अधिकार दिलाउने सवालमा यहीं गठबन्धन इमान्दार भएर अघि बढ्ने उनले बताए ।

राजविराज नगरपालिकाका पूर्व मेयर एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता शम्भु यादवले जनताको रगत साटेर कुर्सीमा जानेहरुलाई जनताले चिन्नुपर्ने धारणा राखे । उनले जनतासँग बेइमानी गर्नेहरुलाई समयमै चिन्न र मतको सही सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादीका नेताहरुले मन्तव्य व्यक्त गर्दै यो गठबन्धनका प्रतिनिधी सभा सदस्य पदका उम्मेदबार जयप्रकाश ठाकुर, प्रदेश सभा सदस्य पदका उम्मेदबार उमेश यादव र सरोज मण्डललाई जिताउन जनतासँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजनीतिक परिवर्तन नभएसम्म विकास असम्भ ः अध्यक्ष शेरचन

Next Post

Sony shares a list of 39 titles that will be optimized for the PS4 Pro at launch

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

Sony shares a list of 39 titles that will be optimized for the PS4 Pro at launch

सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’

सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’

Explore Morocco's Desert and Seaside With These Stunning 35mm Images

दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन

दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन

Is Japan the Most Overrated Travel Destination in the World?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.