ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’


सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’

Loading

मनोज मोरबैता

राजविराज, २८ कात्तिक ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदमा उम्मेदबारी दिएकाहरुले घरदैलो, चुनावी सभा र प्रचार प्रसारलाई तीव्र बनाएका छन् । तर, सप्तरी–२ का जनताहरु अब कसैको आश्वासनमा नपर्ने र राम्रा उम्मेदबारलाई मत दिने बताउँछन् ।

सप्तरी–२ मा चार वटा पालिका छ । यी पालिकाको अवस्था पहिलाभन्दा सुध्रिन सकेको छैन् । राजविराज नगरपालिका, महादेवा, छिन्नमस्ता र तिलाठी कोइलाडी गाउँपालिका छ ।

अन्य स्थानको तुलनामा महादेवामा अपेक्षाकृत रुपमा विकास नभएको जनाउँदै उम्मदेवारहरुले आफूलाई भोट दिए यस क्षेत्रमा विकासका ठूलाठूला योजना ल्याइदिने आश्वासन बाँड्ने गरेको स्थानीय बताउँछन् । बाटो निर्माण, सिँचाइका ठूला आयोजना र ठूला अस्पताल निर्माण गरिदिने आश्वासन दिँदै हिँडेका उम्मेदबारले मतदाताको मन भने आकर्षित गर्न सकिरहेका छैनन् । स्थानीयवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमै मलखाद्य, बीउबिजन र किसान कार्डसहित युवाका लागि रोजगारीको व्यवस्था हुनुपर्ने अपेक्षा गरेका छन् ।

अन्न भण्डारका रुपमा रहेको महादेवामा समयमा मल, बीउ, किसान कार्ड उपलब्ध गराउने उम्मेदवारलाई चयन गर्ने उनीहरुको भनाइ छ ।

महादेवा गाउँपालिका–२ महादेवाका ७० वर्षीया हरिनन्दन अधिकारीले बर्सेनी मल र बीउका लागि आफूहरुले सास्ती भोग्दै आएको बताए । उनी अझै पनि सीमावर्ती भारतीय बजार कुनौलीको भर पर्नुपरेको सुनाए । विगतमा यस क्षेत्रबाट जितेका जनप्रतिनिधीले आफूहरुको समस्याप्रति कुनै चासो नदिएको उनको गुनासो छ ।

सरकारी सुविधा आएपनि तिनै जनप्रतिनिधीका आफन्त र आसपासका व्यक्तिले पाउने गरेको र आफूहरु टुलु–टुलु हेर्न बाध्य भएको उनले बताए । उनी जसले सहज रुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छन् उनैलाई मत दिने अधिकारी बताउँछन् ।

राजविराज नगरपालिकाको पर्साहीको ७४ वर्षीय कुशेश्वर मण्डल घाँस काटिरहेका थिए । उनले भने, ‘यत्रो उमेरसम्म घाँस नै काटिरहेको छु । आफ्नो त आफ्नो परिवारका सबैको हालत यस्तै छ । विगतमा ज–जसलाई जिताएँ कसैले पनि हामीलाई हेरेनन् ।’

राजविराज नगरपालिका–१४ का कलानन्द मण्डल उम्मेदवालाई ठूला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउनेलाई मत दिने बताए । ‘चुनाव त एक दिनमै सकिन्छ, तर कृषि कर्म बर्षभरि नै गरिन्छ’ उनले भने, ‘कृषकको समस्या बुझ्ने व्यक्तिलाई नै मत दिन्छौं ।’

राजविराज नगरपालिका, महादेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहित वडा ३७ वटा रहेको यस निर्वाचन क्षेत्रमा ९५ हजार तीन सय ३५ मतदाता छन् ।

यस क्षेत्रमा सत्ता–गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर, एमाले जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत नेताले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

Sony shares a list of 39 titles that will be optimized for the PS4 Pro at launch

Next Post

Explore Morocco’s Desert and Seaside With These Stunning 35mm Images

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

Explore Morocco's Desert and Seaside With These Stunning 35mm Images

दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन

दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन

Is Japan the Most Overrated Travel Destination in the World?

British model issues lengthy, sincere apology for cultural appropriation

Jimmy Fallon's 8 Best Hosting Moments of All Time

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.