ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?


सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

Loading

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरीबाट अत्यधिक उजुरी जाने गरेको छ । अख्तियारको इटहरी कार्यालयले सोमबार राजविराजमा आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराइएको छ ।

आयोगको इटहरी कार्यालयका प्रमुख सह सचिव सुरेश न्यौपानेले कार्यालयले हेर्ने १२ जिल्लामध्ये सबैभन्दा बढी उजुरी सप्तरीबाट परेको बताए । उनले २० महिनामा जिल्लाबाट ६३६ उजुरी परेको जानकारी दिए ।

आ.ब. २०७९÷८० मा १७८ उजुरी पर्दा चालू आ.ब. २०८०÷८१ को फागुनसम्म ४५८ उजुरी यो जिल्लाबाट परेको छ । जसमा गत आ.ब.का ६७ र चालू आ.ब.को २४६ गरी ३१३ उजुरी फछ्र्याैट भइसकेको बताए । अहिले यो जिल्लाको ३२३ उजुरी बाँकी अवस्थामा रहेको न्यौपानेले बताए ।

कुन पालिकाबाट कति उजुरी ?

गत आ.ब. र यो आ.ब.को फागुनसम्म गरी २० महिनामा परेका उजुरीको तथ्यांक आयोगको इटहरी कार्यालयले प्रस्तुत गरेको छ । जसअनुसार सबैभन्दा बढी उजुरी बोदे बर्साइन नगरपालिकाबाट गएको छ ।

यो नगरपालिकाबाट ६७ उजुरी परेकोमा २४ वटा फछ्र्याैट भएको छ । राजविराज नगरपालिकाबाट ६४ वटा उजुरी परेकोमा २५ वटा फछ्र्याैट, डाक्नेश्वरी नगरपालिकाबाट ५२ वटा उजुरी परेकोमा २६ वटा फछ्र्याैट, महादेवा गाउँपालिकाबाट ४३ उजुरी परेकोमा २७ वटा फछ्र्याैट, रुपनी गाउँपालिकाबाट ३९ वटा उजुरी परेकोमा २१ वटा फछ्र्याैट, कंचनरुप नगरपालिकाबाट ३१ उजुरी परेकोमा १७ वटा फछ्र्याैट, सप्तकोशी नगरपालिकाबाट ३० वटा उजुरी परेकोमा १७ वटा फछ्र्याैट, सुरुङा नगरपालिकाबाट २९ उजुरी परेकोमा १३ वटा फछ्र्याैट र हनुमाननगर कंकालिनी नगरपालिकाबाट २७ उजुरी परेकोमा १७ वटा फछ्र्याैट भएको छ ।

यस्तै, बिष्णुपुर गाउँपालिकाबाट २१ उजुरी परेकोमा १२ वटा फछ्र्याैट, बलान बिहुल गाउँपालिकाबाट २० उजुरी परेकोमा ११ फछ्र्याैट, शम्भुनाथ नगरपालिकाबाट १९ उजुरी परेकोमा ७ फछ्र्याैट, तिरहुत गाउँपालिकाबाट१८ उजुरी पर्दा ११ फछ्र्याैट, खडक नगरपालिकाबाट १७ उजुरी पर्दा ७ फछ्र्याैट, छिन्नमस्ता गाउँपालिकाबाट १७ उजुरी पर्दा ६ फछ्र्याैट, तिलाठी कोइलाडी गाउँपालिकाबाट १७ उजुरी पर्दा९ फछ्र्याैट, अग्निसाइर कृष्णसवरण गाउँपालिकाबाट ९ उजुरी पर्दा ४ फछ्र्याैट तथा राजगढ गाउँपालिकाबाट ७ उजुरी पर्दा ४ वटाको फछ्र्याैट भइसकेको अख्तियारले जनाएको छ ।

त्यस्तै, अन्य प्रदेशका र संघमा परेको सप्तरीको उजुरीको संख्या १०९ रहेकोमा ५५ वटा फछ्र्याैट भइसकेको अख्तियारका इटहरी प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

Next Post

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

राजविराजमा फेसन शो हुने

राजविराजमा फेसन शो हुने

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.