ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास स्मरण, बिभिन्न कार्यक्रमको आयोजना

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास स्मरण, बिभिन्न कार्यक्रमको आयोजना

Loading

राजविराज । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास भएको दिनको स्मरण गरिएको छ । यो अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिद्धारा दौड कार्यक्रम, गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफुल बितरण, अस्पतालमा सरसफाई तथा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।
स्वास्थ्यका लागि दौड भन्ने नारासहित शनिबार बिहान राजविराजको राजदेवी चोकदेखि गजेन्द्रनारायण सिंह अस्पतालसम्म दौड कार्यक्रमको आयोजना गरिएको छ । दौडमा ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको विकास समितिका अध्यक्ष प्रा. डा. पशुपति चौधरीले जानकारी दिए ।
उनका अनुसार बिहानै अस्पतालको सरसफाई गर्दै बिरामीलाई फलफुल बितरण गरियो ।
यस्तै, अस्पतालको सभाहलमा आयोजित अन्तरकृया कार्यक्रममा डा. चौधरीले प्रतिष्ठानबारे प्रस्तुतिकरण गरे ।
त्यस अवसरमा बोल्दै उनले प्रतिष्ठान निर्माण गराउन राजनीतिक दललाई अगाडि आउनुपर्ने बताए । राजनीतिक दलका जिल्लास्थित नेताहरु एकजुट भएर अघि बढे र सबैले सहयोग गरे प्रतिष्ठान निर्माणको काम चाँडै हुने उनले विश्वास व्यक्त गरे ।
डा. चौधरीले कार्यक्रममा सबै राजनीतिक दल, पालिका प्रमुखसहित सबै सरोकारबालालाई निमन्त्रणा गरी बोलाएपनि नआइदिएको गुनासो गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्र जसपा नेपाल र जनमत पार्टीका नेता एवं राजविराज नगरपालिकाकी उप प्रमुख इसरत परबिनको मात्रै उपस्थिति थियो । अन्य क्षेत्रका व्यक्तिको पनि न्यून उपस्थिति थियो ।
तीन बर्षअघि २२ असारकै दिन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गरेका थिए ।
राजविराज नगरपालिका वडा नम्बर १० स्थित बिरौलमा शिलान्यास गरिएपनि निर्माण काम अझ अगाडि बढ्न सकेको छैन् । घेरबार मात्रै गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तकोशीमा पानीको बहाब तिब्र, ३६ ढोका खोलियो

Next Post

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

सप्तकोशीकाे सबै ५६ ढोका खोलियो

सप्तरीबाट एकै परिवारका तीन जना जसपा नेपालका केन्द्रीय सदस्य, अरु को–को परे ?

सप्तरीबाट एकै परिवारका तीन जना जसपा नेपालका केन्द्रीय सदस्य, अरु को–को परे ?

दाहालको प्रधानमन्त्री पद गुम्यो

दाहालको प्रधानमन्त्री पद गुम्यो

निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.