ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपाका नेता कांग्रेसमा गरे प्रवेश 


जसपाका नेता कांग्रेसमा गरे प्रवेश 

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर–४ मा अगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा चुनाव लक्षित नेपाली कांग्रेस बोदेबरसाईन नगरपालिकाको नगरस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर–५ स्थित धर्मशालामा आयोजना गरिएको कार्यक्रममा बोदेबरसाईन नगरपालिका वडा नम्बर–७ का शिवन्दन यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यादव यसअघि जसपाबाट वडा नम्बर–७ मा २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए र दुवै पटक झिनो मतान्तरले पराजित भएका थिए । उनीसँगै उनका केही समर्थकहरू समेत कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री तेजुलाल चौधरी र नगर सभापति इन्जिनियर दिपेन्द्र यादवले पार्टीमा स्वागत गरेका थिए ।

यस्तै, वडा नम्बर–१० का किशोर कुमार यादव नेकपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनको नेतृत्वमा दिलिप कुमार यादव, रूपेश यादव, रविन्द्र यादव, रामा दास, चन्द्र नारायण यादव लगायत १८ जना कांग्रेसमा आवद्ध भएका छन् ।

त्यसैगरी, वडा नम्बर–६ का ब्रहमदेव महतोले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार पूर्व मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा व्याप्त रहेको मिटर ब्याज (सूदखोरी) को समस्या आफूले सशक्त रूपमा संसदमा उठाएको उल्लेख गरे । उनले पीडित जनताको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै अब यसलाई समाधानको चरणमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चौधरीले आफ्नो कार्यकालमा क्षेत्रमा सडक पूर्वाधारतर्फ कल्याणपुर – गाईघाट सडक , कल्याणपुर –फुलबारीया– बनौली सडक र कदमहा – प्रमाणपुर– पटेर्वा सडक यस्तै कुसहा बेल्ही सडकमा रकम विनियोजन भई केही सडक निर्माण कार्य अन्तिम चरणमा रेहेको कुसहा बेल्ही सडकको काम तिव्र रूपमा भई रहेको बताए ।

नयाँ सडक विस्तारका कामहरू सुरु भएको उल्लेख गर्दै उनले विकास निरन्तरता लागि आफूलाई पुनः विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा वक्ताहरूले कांग्रेसलाई सशक्त बनाउन सबै कार्यकर्ता एकजुट भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जितेन्द्रनारायण देवले परित्याग गरे एमाले

Next Post

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीका क–कसको हटाइयो समानुपातिक बन्द सूचीबाट नाम ?

सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.