ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक


सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदार डा. शरदसिंह यादवले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी यादवले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

आफू यहीं क्षेत्रको बासिन्दा भएको र यहाँको राजनीति र विकासीय कामको सुस्ता हेरेर दिक्क भएर उम्मेदवारी दिएको जन अधिकार पार्टीका अध्यक्ष समेत रहेका उनले बताए ।

‘यो क्षेत्रका लागि केही गर्न सकुँ भन्ने हुटहुटी पलाएर नै म उम्मेवार बनेको हुँ’ उनले भनेका छन्, ‘आफू निर्वाचित भएमा यो प्रतिबद्धता जसरी पनि पूरा गर्छु ।’

सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज रेफरल सेन्टरको रुपमा परिचित रहेकाले यो अस्पतालमा सबैको, सबै रोगको उपचार गराउने किसिमले तयार पार्ने, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको अध्ययन/अध्यापनलाई निरन्तरतासहित राम्रो बनाउने, छिन्नमस्ता गाउँपालिकास्थित देशकै प्रसिद्ध सखडा भगवती मन्दिरलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिणत गराउने, राजविराजदेखि कुनौलीसम्मको सडक निर्माणदेखि दुबै देशबीचको व्यापारिक अवस्थालाई अझ राम्रो बनाउने उनले प्रतिबद्धता जनाएका छन् ।

यस्तै, यो क्षेत्रमा लागूऔषध मन्दबिष झैं फैलिरहेकाले यसबिरुद्ध काम गर्दै युवाहरुलाई लागूऔषधमुक्त गराउन भूमिका निर्वाह गर्ने, तिलाठी कोइलाडी गाउँपालिकामा बाढीको नियन्त्रणका लागि पहल गर्ने, क्षेत्रभित्रका लिंक रोडहरु मर्मत सम्भार एवं निर्माणका लागि पहल गर्ने, क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल गर्दै विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गराउने, क्षेत्रभित्रका किसानलाई मलखाद्यको अभाव नहोस् त्यसका लागि तत्पर रहने, क्षेत्रभित्रका सबै पालिकामा पुस्तकालय स्थापना गर्ने र राजविराज विमानस्थलबाट दैनिक दुई उडानका लागि पहल गर्ने प्रतिबद्धता उनले गरेका छन् ।

‘प्रजातन्त्र ल्याउने सवालमा होस् या लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र, यी सबै आन्दोलनमा सप्तरीको भूमिका अपरिहार्य छ । तथापी पनि सप्तरी जिल्ला सोंचे भन्दा अघि बढ्न सकेको छैन् । विकासीय पथमा धेरै पछि छ’ पत्रकार सम्मेलनमा उनले भने, ‘देशकै पहिलो टाउन प्लानिङ्ग शहर राजविराज धेरै पछि छ । यो भन्दा धेरै कान्छो रहेको लहान, इटहरी, गाईघाटसहितका शहर यहाँभन्दा अघि बढिसकेको हामी समक्ष छर्लङ्ग छ ।’

राणा शाषणकाल र राजतन्त्रको समय मधेश बिरोधी भएपनि २०६३ सालपछि लगातार मधेशकै नेतृत्वले मौका पाएपनि यो क्षेत्र किन पछाडि पर्‍यो ? भन्दै उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका क–कसको हटाइयो समानुपातिक बन्द सूचीबाट नाम ?

Next Post

सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न नेवि संघको माग

आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न नेवि संघको माग

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

बालेन सप्तरी आउँदै

बालेन सप्तरी आउँदै

कांग्रेसका सभापति गगन थापा भोली सप्तरी आउँदै

कांग्रेसका सभापति गगन थापा भोली सप्तरी आउँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.