![]()
राजविराज । सुनसरीबाट बालिकाको अपहरण गरेको आरोपमा सप्तरीका युवक पक्राउ परेका छन् ।
अपहरणमा परेकी सुनसरीको कोशी गाउँपालिका ७ मुसहरी टोलकी ७ बर्षीया बालिकाको सकुशल उद्धार गर्दै प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको छ ।
सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट बिहीबार दिउँसो बालिकाको सकुशल उद्धार गरिएको छ । बालिकाको बुधबार दिउँसो आफ्नै घरबाट अपहरण भएको थियो ।
अपहरण गरेको भन्दै प्रहरीले सप्तरीको कंचननरूप नगरपालिका वडा नम्बर १२ धरमपुरका ३१ बषीय जितुवा भनिने जितेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।
साहले ती बालिकाको किन अपहरण गरेको हो ? भन्ने सन्दर्भमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











