ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी


खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

Loading

राजविराज । सप्तरीको खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी आफैं बोक्सी आफैं धामी बन्न प्रयास गरेका छन् ।

प्रमुख चौधरी मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रयोगशालाबाट प्रदान गरिएको ल्याब उपकरण संचालन तथा व्यवस्थापन समितिका संरक्षक हुन् । समितिको अध्यक्ष वडा नम्बर ७ का अध्यक्ष राकेश कुमार साह तथा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख सजन लाल साह सदस्य सचिब छन् ।

यो प्रयोगशालाको ल्याव उपकरण प्रयोगबाट प्राप्त हुने राजश्व रकम अनलाइन बिलिङ गरी नगरपालिकाको राजश्व खातामा जम्मा भैरहेकोमा गत साउन १ गतेदेखि अफलाइन बिलिङ बाट काम संचालन भइरहेको छ ।

अनलाइन हुने काम अफलाइन हुन थालेपछि संरक्षकसहित समितिका पदाधिकारीले ध्यान दिनुपर्ने हो । तर, चौधरीले यो बिषयमा कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण सोधेका छन् । ‘ल्याब उपकरण प्रयोगबाट प्राथमिक स्वास्थ्य केन्द्रको राजस्व कहाँ कुन खातामा कति रकम जम्मा गरिएको हो भन्ने जानकारी तपाईलाई दिएको छ वा छैन ? जानकारी भएपछि कार्यवाही प्रक्रिया किन अगाडी बढाउनु भएन ? कि तपाईको मिलोमतोमा त्यो सरकारी राजस्व रकम जम्मा नगराई तपाईले हिनामिना गर्नुभएको हो ? २४ (चौवीस) घण्टा भित्र स्पष्टिकरण पेश गर्नु हुन जानकारीका लागि अनुरोध गरिन्छ’ चौधरीले सोधेको स्पष्टिकरणमा भनिएको छ ।

चौधरीले नगरपालिकाको फेसबुक पेज मार्फत स्पष्टिकरण सोधे लगत्तै प्रमु्ख प्रशासकीय अधिकृत बिनय कुमार सोनुले जनतामा प्रवाह हुने सेवा र राजश्व सम्बन्धी विषयवस्तुको सन्दर्भमा गठित संचालक तथा व्यवस्थापन समितिको संरक्षक नगर प्रमुख स्वयम् रहेको जवाफ प्रमुख चौधरीले सार्वजनिक रुपमै दिएका छन् ।

 

‘मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रयोगशालाबाट प्रदान गरिएको ल्याब उपकरण संचालन तथा व्यवस्थापन समितिका संरक्षक प्रमुख चौधरी, समितिको अध्यक्ष वडा नम्बर ७ का अध्यक्ष राकेश कुमार साह तथा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख सजन लाल साह सदस्य सचिब रहँदा राजस्व सम्बन्धी अनलाइन बिलिङ बिपरित गरिएको गैर कानुनी निर्णय समितिले के कुन कारणले गरेको हो ?’ प्रमुख प्रशासकीय अधिकृत बिनय सोनुले दिएको जवाफी पत्रमा भनिएको छ, ‘समितिको संरक्षक नगर प्रमुखले यो विषयमा समस्या समाधानको लागि आवश्यक पहल गर्न यस कार्यालयमा कुनै किसिमको जानकारी वा निर्देशन किन नदिएको हो ?’ भनी जिज्ञासा राखिएको छ ।

स्पष्टिकरण मार्फत जानकारी पाए पश्चात सम्बन्धित संलग्न सबै पक्षलाई नियमानुसार आवश्यक कारवाहीको लागि सबै निकायमा प्रक्रिया अगाडी बढाउने व्यहोरा सोनुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

पत्रकारमाथि भएको आक्रमणको अध्ययन गर्न मिसन टोली गठन

Next Post

आँपकाे बगैचामा भेटियो बेवारिसे १२५ किलो गाँजा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आँपकाे बगैचामा भेटियो बेवारिसे १२५ किलो गाँजा

आँपकाे बगैचामा भेटियो बेवारिसे १२५ किलो गाँजा

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

पत्रकार शौरभमाथि हमला गर्नेलाई अबिलम्ब पक्राउ गर्न पत्रकार महासंघको माग

दिनदहाडै पत्रकारमाथि छुरा प्रहार हुनुले सुरक्षाको स्थिति नाजुक देखियो : सप्तरी कांग्रेस 

दिनदहाडै पत्रकारमाथि छुरा प्रहार हुनुले सुरक्षाको स्थिति नाजुक देखियो : सप्तरी कांग्रेस 

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

जंगली जनावरका लागि थापिएको धरापमा परी सरदार दम्पतिको मृत्यु, दुई पक्राउ 

श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 

श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.