ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, September 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

Loading

दिपेश जोशी

राजविराज । सप्तरीकी एक महिलाले सडकमै बच्चा जन्माएकी छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसुति गराउन आएकी महिलाले अस्पताल अगाडिकै सडकमा बच्चा जन्माएकी हुन् ।

मंगलबार राति प्रसुति गराउन आफ्‌ना श्रीमानसँगै अस्पताल आएकी ती महिलाले बुधबार बिहान ४ः३० बजे सडकमै बच्चा जन्माएकी हुन् ।

राजविराज नगरपालिका वडा नम्बर १४ निवासी हरेराम पासवानकी श्रीमति बबिताले अस्पतालल अगाडिको मुख्य सडकमै छोरा बच्चा जन्माएकी हुन् ।

प्रसुति गराउन आउँदा ड्यूटीमा खटिएका स्वास्थ्यकर्मीले भिडियो एक्सरेसहित केही जाँच गराउन भनेका थिए । बबिताका अनुसार उक्त जाँच गराउन आउँदा काउन्टरमा तीन हजार २०० रुपैयाँ शुल्क भनेपछि आफूहरु अन्यौलमा परेका थियौं ।

रकम अभावले जाँच गराउन नसक्दा बबिता, उनका श्रीमान र अर्की सहयोगी महिला सडकमा आएर बसेका थिए ।

बसेको करिब एक घण्टापछि सडकमै व्यथा लागेको र त्यहीं क्रममा उनले शिशुको जन्म दिएको हरेराम बताउँछन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटन्डेन्ट (मेसु) जितेन्द्र कँडेलले ती महिला २ बजेतिर अस्पताल आउँदा रगत, पिसाव परीक्षणको रिपोर्ट नभएको बताए । आवश्यक रहेकै कारण केही जाँच गराउन भनिएको बताउँदै कँडेलले महिला या उनको परिवारले पैसा छैन भन्ने कुरा कसैलाई कुनै जानकारी नगराएको बताए ।

राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परबिनले घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

‘महिलालाई बेडमा राख्नुपर्‍थ्यो, उपचार गर्नुपर्‍थ्यो, पैसाको कुरा पछि पनि हुन्थ्यो’ उनले भनिन्, ‘यत्रो लापर्वाही कसरी गरियो ? यसको जवाफ दिनुपर्छ ।’

सिसिटिभी फुटेज मार्फत् अस्पताल अगाडिकै सडकमा महिलाले बच्चा जन्माएको तथ्य बाहिरिएपछि अहिले स्वास्थ्यकर्मीको आलोचना हुन थालेको छ । गरीब, असहाय, विपन्नका लागि सरकारी अस्पतालले निःशुल्क प्रसुति गराउनुपर्ने हो । डयुटीमा रहेका स्वास्थ्यकर्मीले यसतर्फ ध्यान दिनुपर्ने हो । तर दिइएको छैन् । आगामी दिनमा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी यस्ता घटनाप्रति गम्भीर बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.