ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?


अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

Loading

दिपेश जोशी

राजविराज । सप्तरीकी एक महिलाले सडकमै बच्चा जन्माएकी छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसुति गराउन आएकी महिलाले अस्पताल अगाडिकै सडकमा बच्चा जन्माएकी हुन् ।

मंगलबार राति प्रसुति गराउन आफ्‌ना श्रीमानसँगै अस्पताल आएकी ती महिलाले बुधबार बिहान ४ः३० बजे सडकमै बच्चा जन्माएकी हुन् ।

राजविराज नगरपालिका वडा नम्बर १४ निवासी हरेराम पासवानकी श्रीमति बबिताले अस्पतालल अगाडिको मुख्य सडकमै छोरा बच्चा जन्माएकी हुन् ।

प्रसुति गराउन आउँदा ड्यूटीमा खटिएका स्वास्थ्यकर्मीले भिडियो एक्सरेसहित केही जाँच गराउन भनेका थिए । बबिताका अनुसार उक्त जाँच गराउन आउँदा काउन्टरमा तीन हजार २०० रुपैयाँ शुल्क भनेपछि आफूहरु अन्यौलमा परेका थियौं ।

रकम अभावले जाँच गराउन नसक्दा बबिता, उनका श्रीमान र अर्की सहयोगी महिला सडकमा आएर बसेका थिए ।

बसेको करिब एक घण्टापछि सडकमै व्यथा लागेको र त्यहीं क्रममा उनले शिशुको जन्म दिएको हरेराम बताउँछन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटन्डेन्ट (मेसु) जितेन्द्र कँडेलले ती महिला २ बजेतिर अस्पताल आउँदा रगत, पिसाव परीक्षणको रिपोर्ट नभएको बताए । आवश्यक रहेकै कारण केही जाँच गराउन भनिएको बताउँदै कँडेलले महिला या उनको परिवारले पैसा छैन भन्ने कुरा कसैलाई कुनै जानकारी नगराएको बताए ।

राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परबिनले घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

‘महिलालाई बेडमा राख्नुपर्‍थ्यो, उपचार गर्नुपर्‍थ्यो, पैसाको कुरा पछि पनि हुन्थ्यो’ उनले भनिन्, ‘यत्रो लापर्वाही कसरी गरियो ? यसको जवाफ दिनुपर्छ ।’

सिसिटिभी फुटेज मार्फत् अस्पताल अगाडिकै सडकमा महिलाले बच्चा जन्माएको तथ्य बाहिरिएपछि अहिले स्वास्थ्यकर्मीको आलोचना हुन थालेको छ । गरीब, असहाय, विपन्नका लागि सरकारी अस्पतालले निःशुल्क प्रसुति गराउनुपर्ने हो । डयुटीमा रहेका स्वास्थ्यकर्मीले यसतर्फ ध्यान दिनुपर्ने हो । तर दिइएको छैन् । आगामी दिनमा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी यस्ता घटनाप्रति गम्भीर बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

Next Post

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको चुनाव, १८ जनाले गरेनन् मतदान

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम निर्वाचित

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

पत्रकार हेमशंकर सिंहलाई पितृशोक

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.